होमपेज > आर्थिक विकास र समृद्धिमा गैर–आवासीय नेपालीको भूमिका अत्यन्त महत्त्वपूर्ण छ: उद्योगमन्त्री

आर्थिक विकास र समृद्धिमा गैर–आवासीय नेपालीको भूमिका अत्यन्त महत्त्वपूर्ण छ: उद्योगमन्त्री

बिज्ञापन
बिज्ञापन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण बनाउन आएका मागहरुका बिषयमा सरकार प्रतिवद्ध बताएका हुन् ।

बिज्ञापन

मन्त्री भण्डारीले नेपालको आर्थिक विकास र समृद्धिमा गैर–आवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्त्वपूर्ण साझेदारीको रूपमा हेरेको उनको भनाई छ । उद्योग तथा अन्तर्राष्ट्रिय व्यापारको लागि आवश्यक पूर्वाधार विकास, उत्पादनशील अर्थतन्त्रमा युवा सहभागिता, स्टार्टअप र नवउद्यमहरूलाई प्रोत्साहन, उद्यमशीलता विकास, तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न मन्त्रालयले कार्य गरिरहेको मन्त्री भण्डारीले जानकारी दिए ।

बिज्ञापन

उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने गरी छुट, सहुलियत, प्रोत्साहन लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका छन् । मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानुनी सुधारका साथै व्यवसायमैत्री हुने गरी प्रक्रियागत सरलीकरण गरिएको छ ।’

मन्त्री भण्डारीले निर्यात प्रवद्र्धन गर्दै उपभोगमुखी आयात तथा उच्च व्यापार घाटालाई नियन्त्रण गर्न सरकारले गरेको प्रयासहरूले नतिजा हासिल गरेको बताए ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते