होमपेज > डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच सम्झौता

डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बिज्ञापन

उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा।लि।का तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चात सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रा।लि। बाट पब्लिक कम्पनीमा रुपान्तरण गर्न तथा सार्वजनिक निष्काशन अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवा अन्तर्गत दिनेछ ।

बिज्ञापन

२०७६ साल देखि कारोबार सुरु भएको यस रिसोर्ट डोलेश्वर भक्तपुरमा दश रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठाहरु छन् र सो संख्या बृद्धि गरी ३५ वटा कोठा पुर्याउने कार्य र स्वीमिङ पुल पनि निमार्णधीन अवस्थामा रहेको छ र सो निर्माण कार्यहरु यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ । यस रिसोर्टमा ३०० जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरु रहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल यस रिसार्ट विवाह, ब्रतबन्ध, सेमिनार, गोष्टि तथा पिकनिकको लागि उपयुक्त थलो रहेको छ । यहाँबाट प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिर २०० मिटरको दुरीमा रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते