होमपेज > रिलायबल नेपाल लाइफको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित

रिलायबल नेपाल लाइफको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित

बिज्ञापन
बिज्ञापन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्म ४६ करोड ५७ लाख रूपैयाँ खुद नाफा गरेको छ।

बिज्ञापन

गत आर्थिक वर्षको यसै अवधिसम्म ३४ करोड २ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष भने ३६.८८ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो। नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३.६० रूपैयाँले बढेर १३.८८ रूपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६७.९७ रूपैयाँ रहेको छ। गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २ अर्ब ७३ करोड रूपैयाँबाट २७.१८ प्रतिशतले वृद्धि भएर करीब ३ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ।

बिज्ञापन

त्यस्तै यस वर्ष कम्पनीको कुल आम्दानी २७.१३ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि २६.५३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको कुल आम्दानी ३ अर्ब ७४ करोड रूपैयाँबाट बढेर ४ अर्ब ७६ करोड नाघेको छ भने कुल खर्च ३ अर्ब ४० करोडबाट बढेर ४ अर्ब ३१ करोड रूपैयाँ नाघेको छ।

चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४० लाख रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २० करोड ७९ लाख रूपैयाँ र जगेडा कोषमा १ अर्ब ११ करोड रूपैयाँ सञ्चिति रहेको छ। गत वर्ष कम्पनीको जीवन बीमा कोष ९ अर्ब १६ करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३५।७१ प्रतिशतले वृद्धि भएर करीब १२ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते