होमपेज > नेपाल राष्ट्र बैङ्कको ९ महिनाको तथ्याङ्क सार्वजनिक: सबै परिसूचक सकारात्मक

नेपाल राष्ट्र बैङ्कको ९ महिनाको तथ्याङ्क सार्वजनिक: सबै परिसूचक सकारात्मक

बिज्ञापन
बिज्ञापन

अर्थतन्त्रका समग्र परिसूचक सकारात्मक रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको नौ महिनाको तथ्याङ्क अनुसार अर्थतन्त्रका सबै परिसूचक सकारात्मक देखिएका छन् ।

बिज्ञापन

चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्म विष्रेषण आप्रवाह (रेमिट्यान्स) १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७।३ प्रतिशतले वृद्धि भई आठ अर्ब ७४ करोड पुगेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५।२ प्रतिशतले बढेको थियो ।

बिज्ञापन

यस्तै समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोड बचतमा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष सो अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।

यस्तै २०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तसम्मा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

बिज्ञापन

बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ । यस्तै चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.२२ र ४.२० प्रतिशत रहेको छ । यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६५२ रहेको तथ्याङ्कले देखाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते