सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ।
बिज्ञापन
जसअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले २५ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्म ४७ करोड ५४ लाख रूपैयाँ खुद नाफा गरेको इन्स्योरेन्स कम्पनीको यस वर्ष भने खुद नाफा ४७ प्रतिशतले घटेको हो।
बिज्ञापन
इन्स्योरेन्स कम्पनीको कुल आम्दानी १.५५ प्रतिशतले मात्रै बढ्दा खर्च भने २५.४४ प्रतिशतले बढेको छ। इन्स्योरेन्स कम्पनीको कुल आम्दानी २ अर्ब ५ करोड रूपैयाँबाट सामान्य बढेर २ अर्ब ९ करोड पुग्दा खर्च भने १ अर्ब ३८ करोड रूपैयाँबाट बढेर १ अर्ब ७३ करोड रूपैयाँ नाघेको छ।
गत वर्ष १ अर्ब ३७ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको इन्स्योरेन्स कम्पनीको यस वर्ष ५.९२ प्रतिशतले घटेर १ अर्ब २९ रूपैयाँमा झरेको छ। चुक्ता पूँजी २ अर्ब ६२ करोड रूपैयाँ रहेको इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा २१ करोड ४१ लाख रूपैयाँ र जगेडा कोषमा ६२ करोड ६१ लाख रूपैयाँ सञ्चिति रहेको छ।
बिज्ञापन
इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ११.३६ रूपैयाँले घटेर १२.८१ रूपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २४८.८२ रूपैयाँ रहेको छ।







