होमपेज > प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरण सार्वजनिक

प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बिज्ञापन

वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीले अधिकांश सूचकमा सुधार गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनी २७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म इन्स्योरेन्स कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ०.६८ प्रतिशले बढेको छ।

बिज्ञापन

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म चुक्तापुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७१ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्षको असार मसान्तसम्म इन्स्योरेन्स कम्पनीको शेयर प्रिमियममा १९ करोड ३५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९५ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ५१ लाख थियो। अघिल्लो वर्षको तुलनामा महाविपत्ति कोष र अन्य इक्विटको आकार बढेको छ।

बिज्ञापन

तेस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीले ३ अर्ब ५८ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन १६.९२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म इन्स्योरेन्स कम्पनीले २ अर्ब ९६ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १७.८१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ८० करोड १८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ८ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार ४३.६१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ७.६४ रुपैयाँ, पीई रेसियो ७१.६९ गुणा र प्रतिशेयर नेटवर्थ १२१.८९ रुपैयाँ रहेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते