होमपेज > शिक्षकका माग सम्बोधन गर्न सरकारलाई ८ अर्ब दायित्व थपिने, अर्थ मन्त्रालय सहमत

शिक्षकका माग सम्बोधन गर्न सरकारलाई ८ अर्ब दायित्व थपिने, अर्थ मन्त्रालय सहमत

बिज्ञापन
बिज्ञापन

आन्दोलनरत शिक्षक महासंघको माग पूरा गर्न सरकारलाई वार्षिक आठ अर्ब दायित्व थपिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने बताएका हुन् ।

बिज्ञापन

बुधबार राति मन्त्रिपरिषदको बैठकपछि शिक्षामन्त्री पन्तले शिक्षकहरुका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने र यसमा अर्थ मन्त्रालयले सहमति दिएको जानकारी दिएका हुन् । यो सँगै शिक्षकहरूको आन्दोलन भोलि ९बिहीबार० बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित गर्ने भएको हो ।

बिज्ञापन

मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए । यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् । सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ ।

बुधबार सिंहदरबारमा भएको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए । ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

बिज्ञापन

असार १५ गतेसम्म शिक्षा ऐन जारी भइसक्ने डेटलाइन राखिएको उनले बताए । यही वैशाख ११ गतेदेखिलाई तोकिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनकै कारण सारिएको थियो । सरकार शिक्षकहरूले पेस गरेको नौबुँदे प्रस्तावमा सहमतिमा पुगेको छ । सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते