साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५.०८ अंकले घटेको छ । यससँगै नेप्से सूचक २६३१.९८ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
यसदिन ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । यसदिन मध्यभोटेकोसी जलविद्युत कम्पनीको शेयरमा नकरात्मक सर्किट लाएको छ ।
बिज्ञापन
कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको हो । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको ८.१४ प्रतिशत, सिन्धु विकास बैंकको ६.५७ प्रतिशत, ग्रीनलाइफ हाइड्रोपवारको ५.७१ प्रतिशतले शेयर मूल्य घटेको छ ।








