होमपेज > तीन अर्ब चौरासी करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैङ्क

तीन अर्ब चौरासी करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैङ्क

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा तीन अर्ब ८४ करोड ३८ लाख रुपियाँ लगानी गर्ने भएको छ ।

बिज्ञापन

राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा तीन अर्ब सात करोड ५२ लाख रुपियाँ, विकास बैङ्कहरूमा ५७ करोड ६५ लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा १९ करोड २१ लाख रुपियाँ गरी तीन अर्ब ८४ करोड ३८ लाख रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

बिज्ञापन

राष्ट्र बैङ्कले उक्त निक्षेप आगामी मे १७ देखि २०२६ मे १७ सम्म ३६६ दिन अवधिका लागि राख्न लागेको हो । मुद्दती निक्षेप लिन राख्न चाहने बैङ्क तथा वित्तीय संस्थाले आगामी मङ्गलबार बेलुका १२ बजेभित्र तोकिएको इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।

निक्षेप रकम राख्न राष्ट्र बैङ्कले केही सर्तसमेत राखेको छ । जसमा संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेलगायत सर्त रहेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते