होमपेज > हामीसँग लामो अनुभव छ, त्यसैको आधारमा विधेयक तयार गरिएको हो: अर्थमन्त्री

हामीसँग लामो अनुभव छ, त्यसैको आधारमा विधेयक तयार गरिएको हो: अर्थमन्त्री

बिज्ञापन
बिज्ञापन

अर्थमन्त्रीले भन्सार विधेयक २०८० सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारले राजस्व प्रणालीमा सुशासन कायम गर्ने र आम सर्वसाधारण तथा व्यवसायीलाई सहज हुने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन्।

बिज्ञापन

उनले भने, ‘हामीसँग लामो अनुभव छ, त्यसैको आधारमा यो विधेयक तयार गरिएको हो। विश्व व्यापार संगठनको सदस्य भएको नाताले पनि नेपालले भन्सार प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउन यो विधेयक आवश्यक भएको हो।’

बिज्ञापन

भन्सार क्षेत्रमा हुने अनियमितता, दोहोरो कर प्रणाली र राजस्व छलिको अन्त्य गर्न यो विधेयकले ठोस भूमिका खेल्ने अर्थमन्त्रीको भनाइ थियो। उनले यो विधेयक कसैलाई ‘लुट्ने’ उद्देश्यले होइन, सुशासन कायम गर्न र पारदर्शिता बढाउन ल्याइएको बताए।

अर्थमन्त्रीले छिमेकी राष्ट्रहरूसँग मिल्दोजुल्दो दर नीतिको आधारमा भन्सार दर निर्धारण गरिएको जानकारी दिंदै, विधेयकले व्यवसायीलाई सहजता दिनुका साथै आम जनताका लागि सेवा प्रवाहमा गुणस्तर सुधार ल्याउने आश्वासन दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते