नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो । सोमबार तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
यस्तै चाँदीको मूल्य भने स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि साेहि मूल्यमा काराेबार भएको छ।








