होमपेज > अर्थतन्त्र लयमा फर्काउन नेपाल राष्ट्र बैंकले गरेका १२४ काम

अर्थतन्त्र लयमा फर्काउन नेपाल राष्ट्र बैंकले गरेका १२४ काम

बिज्ञापन
बिज्ञापन

१. २०८२ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक ६९ वर्ष पूरा गरी ७० औं वर्षमा प्रवेश गरेको छ। स्थापना कालदेखि यस बैंकले समष्टिगत आर्थिक स्थायित्व र वित्तीय क्षेत्रको प्रवर्धन मार्फत देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको छ। यस अवसरमा बैंकका पूर्व गभर्नरहरू लगायत सबै अग्रजहरुलाई स्मरण गर्दै सम्मान व्यक्त गर्दछु।

बिज्ञापन

२. अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको छ। मुद्रा स्पिटी लक्षित सीमाभित्रै रहेको आयात तथा व्यापारमा सुधार भएको एवं बैंकङ क्षेत्रबाट प्रभावित कर्जा विस्तारले समेत गति लिन थालेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको पुष्टि गरेको छ। पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ। यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ।

बिज्ञापन

३. नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको छ। विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिक देखि बढ्न थालेको छ। विप्रेषण आप्रवाह र पर्यटक आएमा वृद्धि भएको कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चित बढेको छ।

४. वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा पछिल्लो समय उल्लेख प्रगति भएको छ। देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ। भने उल्लेख रुपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा वृद्धि भएको छ। यस बैंकले गरेको नीतिगत सहजीकरण पूर्वाधार विकास र सुरक्षित सजिलो एवं सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको छ। अन्तर्देशीय भुक्तानी प्रणालीको अन्तर आबद्धता समेत प्रारम्भ भएको छ।

बिज्ञापन

५. आन्तरिक अर्थतन्त्रमा संरचनागत एवं व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको छ उच्च तरलता एवं न्यून ब्याजदरका बावजुद निजी क्षेत्रतर्फ प्रभावित कर्जा एवं आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु पुजीगत खर्च अपेक्षित रुपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू कायम नै रहेका छन्।

६. पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखापरेका छन्। एकातिर जारी रुस युक्रेन युद्ध अन्त्य हुने ठोस आधार हालसम्म नदेखिँदा आपूर्ति व्यवधान हट्ने सम्भावना अनिश्चित हुँदै गएको छ। भने मध्यपूर्वमा जारी द्वन्दको अन्त्य निश्चित रहेको छ। यसका साथै संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकहरूका लागि नयाँ भन्सार दर घोषणा लगायत व्यापार नीतिमा परिवर्तन गरेकाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको छ। यस्ता बाह्य कारणले गर्दा मुद्रा स्फिति वैदेशिक सहायता एवं क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको छ।

७. यसै पृष्ठभूमिमा समष्टिगत आर्थिक स्थिति र यस बैंकले विगत एक वर्षको अवधिमा गरेका प्रमुख कार्यहरू –

समष्टिगत आर्थिक तथा वित्तीय स्थिति विश्व अर्थतन्त्रको अवस्था

८. अन्तर्राष्ट्रिय मुद्दा कोषद्वारा अप्रिल २०२५ मा प्रकाशित वर्ल्ड इकोनोमिक आउटलुक अनुसार सन् २०२४ मा ३.३५ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्रको सन् २०२५ मा २.८५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ। विकसित देशहरूको अर्थतन्त्र २०२४ मा १.८५ प्रतिशतले वृद्धि भएकोमा सन् २०२५ मा १.४५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ। यसैगरी २०२४ मा ४.३ प्रतिशतले वृद्धि भएको उदियमान तथा विकाससोन्मुख देशहरूको अर्थतन्त्र सन् २०२५  मा ३.७५ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ। सन् २०२५ मा छिमेकी मुलुकहरू भारतको अर्थतन्त्र ६.२५ प्रतिशतले र चिनको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ

९. भन्सार दर वृद्धि भएको प्रतिस्पर्धाका कारण विश्व व्यापारको विस्तारमा कमी आउने देखिएको छ। सन् २०२४ मा विश्व व्यापार वस्तु तथा सेवा ३.८५ प्रतिशतले वृद्धि भएकोमा सन् २०२५ र सन् २०२६ मा क्रमश १.७ प्रतिशत र २.५ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण कोषले गरेको छ।

१०. अन्तराष्ट्रिय मुद्दा कोषका अनुसार सन् २०२४ मा विश्वको मुद्रास्फिति ५.७५ प्रतिशत रहेकोमा सन् २०२५ मा ४.३५ प्रतिशत रहने प्रक्षेपण छ विकसित अर्थतन्त्रको मुद्रास्फिति सन् २०२४ मा २ दशमलव ६ प्रतिशत रहेकोमा सन् २०२५ मा २.५५ प्रतिशत रहने प्रक्षेपण छ। यसैगरी सन् २०२४ मा ७.७५ प्रतिशत रहेको उदियमान तथा विकासन्मुख अर्थतन्त्रको औसत मुद्रास्फिति सन् २०२५ मा ५.५५ प्रतिशत रहने कोषको प्रक्षेपण छ।

आन्तरिक आर्थिक तथा वित्तीय स्थिति वास्तविक क्षेत्र

११. तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशत तथा उपभोक्ताको मूल्यमा ३. ८७ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ। त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रमासमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१५ प्रतिशतले वृद्धि हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान छ। आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रमाससम्मका अर्थतन्त्रका कुल १८औ क्षेत्रहरूका वृद्धिदर धनात्मक रहेको छ।

१२. आर्थिक वर्ष २०८१/८२ को असोजमा देशका विभिन्न स्थानमा अत्याधिक वर्षका कारण गएको बाढी पहिरो लगायतका प्राकृतिक विपदका बावजुद अनुकूल मौसम संघीय एवं प्रदेश सरकारको विविध कृषि कार्यक्रम र सिँचाइका मल लगायतका कृषि पूर्वाधारको सहजता बढ्दै गएकाले कृषि उपजको उत्पादनमा सामान्य असर मात्रै पर्ने देखिन्छ।

१३. बैंकङ क्षेत्रको तरलतामा सुधार घट्दो ब्याजदर अन्तर्राष्ट्रिय रूपमा भएको तेल तथा अन्य कच्चा पदार्थको मूल्यमा स्थिरता सरकार उत्पादनमूलक उद्योगका लागि लिएको नीतिगत व्यवस्था विप्रेषण आप्रवाहमा भएको वृद्धिले माग बढ्ने सम्भावना लगायतका कारण समग्र औद्योगिक उत्पादनमा सुधार हुने देखिन्छ।

१४. विप्रेषण आप्रवाह तथा पर्यटन आगमनमा भएका वृद्धिका कारण चालु खाता शोधनान्तर स्थिति तथा विदेशी विनिमय सञ्चितमा उल्लेख सुधार भई बाह्य क्षेत्रको अवस्था सबल रहेको छ। साथै वैदेशिक व्यापार सुधार हुँदै गएको निजी क्षेत्रतर्फको कर्जा प्रवाह विस्तारमा सुधार एवं पर्यटनसँगै सेवा क्षेत्रको विस्तारले समग्र अर्थतन्त्रमा सुधार हुने देखिन्छ।

मूल्य स्थिति

१५. आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष मानी उपभोक्ता मूल्य सुचाङ्क र तलब तथा ज्याला सुचाङ्कको नयाँ श्रृङ्खला प्रकाशन गर्न सुरु गरिएको छ।

१६. २०८१ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ३.७५ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ४.८२ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रा तथा सेवा समूहको मुद्रास्फिति ३.९७ प्रतिशत रहेको छ।

१७. आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्म औसत उपभोक्ता मुद्रास्फिति ४.७२प्र तिशत छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्दा स्मृति ६. ०८ प्रतिशत थियो।

१८. २०८१ फागुन महिनामा वार्षिक बिन्दुगत हुँदा स्थिति ४.४३ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रा स्फिति ६.६९ प्रतिशत थियो।

१९. २०८१/८२ को दोस्रो त्रैमासम्ममा वार्षिक बिन्दुगत तलब तथा ज्याला सुचाङ्क २.८५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यसो सूचाङ्क ५.६५ प्रतिशतले बढेको थियो। सरकारी वित्तीय स्थिति

२०. नेपाल सरकार अर्थमन्त्रालय महालेख नियन्त्रण कार्यालयका अनुसार २०८१ फागुन मसान्तसम्म चालु खर्च रु. ५८४ अर्ब १३ करोड, पुँजीगत खर्च रु. ८२ अर्ब ४३ करोड, र वित्तीय व्यवस्थापन अन्तर्गतको खर्च रु. १७२ अर्ब ८९ करोड गरी कुल सरकारी खर्च रु. ८३९ अर्ब ३६ करोड विनियोजित बजेटको ४५.१२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल सरकारको चालु खर्च रु. ५८२ अर्ब ११ करोड पुँजीगत खर्च रु. ८१ अर्ब २१ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु. १३८ अर्ब २६ करोड गरी कुल सरकारी खर्च रु. १०८ अर्ब ५८ करोड विनियोजित बजेटको ४५.७७ प्रतिशत रहेको थियो।

२१. २०८१ फागुन मसान्तसम्म नेपाल सरकारको क राजस्व रु. ६३८ अर्ब ८० करोड र गैरकर राजस्व रु. ८१ अर्ब ५५ करोड गरी कुल राजस्व सङ्कलन १२.७५ प्रतिशतले वृद्धि भई रु.७२० अर्ब ३५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारको कर राजस्व रु. ५७८ अर्ब ६८ करोड र गैरसरकारी राजस्व रु. ६० अर्ब ३७ करोड गरी कुल राजस्व संकलन रु. ६३९ अर्ब ५ करोड रहेको थियो।

आन्तरिक ऋण परिचालन

२२. २०८१ फागुन मसान्तसम्म संघीय सरकारले रु. २६९ अर्ब १५ करोड आन्तरिक ऋण परिचालन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म संघीय सरकारले रु.१६३ अर्ब आन्तरिक ऋण परिचालन गरेको छ।

प्रदेश वित्त स्थिति

२३. २०८१ फागुन मसान्तसम्म प्रदेश सरकारहरूको कुल खर्च रु. ६८ अर्ब ५ करोड र स्रोत परिचालन रु. ११८ अर्ब ९५ करोड रहेको छ। प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाड हुने राजस्व समेत गरी रु. ९५ अर्ब ३३ करोड हस्तान्तरण गरेको छ। र प्रदेश सरकारहरुले अन्य स्रोतबाट परिचालन गरेका छन्।

वैदेशिक व्यापार तथा शोधनान्तर स्थिति

२४. आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा कुल वस्तु निर्यात ५७.२५ प्रतिशतले वृद्धि भई रु. १५८ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.५ प्रतिशतले कमी आएको थियो। समस्या अवधिमा कुल वस्तु आयात ११.२५ प्रतिशतले वृद्धि भई ११४५ अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७५ प्रतिशतले कमी आएको थियो।

२५. समीक्षा अवधिमा कुल वस्तु व्यापारघाटा ६. २ प्रतिशतले वृद्धि भई रु. ९ ८७ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.५५ प्रतिशतले कमी आएको थियो।

२६. आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्म चालु खाता रु. १८० अर्ब ८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १६८ अर्ब ४५ करोडले बचतमा रहेको थियो। त्यसैगरी समीक्षा अवधिमा सोध्नान्तर स्थिति रु. ३१० अर्ब ३७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमान्तर स्थिति रु. ३२७ अर्ब ५५ करोडले बचतमा रहेको थियो।

२७. आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्म विप्रेषण आप्रवाह ९.४५ प्रतिशतले वृद्धि भई रु. १०५१ अर्ब ७७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२५ प्रतिशतले वृद्धि भई रु. ११४८ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १६.४५ प्रतिशतले बढेको थियो।

२८. २०८१ असार मसान्तसम्म रु. २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चित १८ प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा रु २४०९ अर्ब २५ करोड पुगेको छ। बैंकङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चित १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

मौद्रिक स्थिति तथा तरलता व्यवस्थापन

२९. आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले र सञ्चित मुद्रा ८.२५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा विस्तृत मुद्रा प्रदाय ७.७५ प्रतिशतले बढेको थियो भने सञ्चित मुद्रा १.८ प्रतिशतले घटेको थियो।

३०. आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ४.३ प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा रु. ६,७ २९ अर्ब ६२ करोड पुगेको छ भने निजी क्षेत्रतर्फको कर्जा छ प्रतिशतले बढेर रु. ५३७८ अर्ब ७८ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सही अवधिमा निक्षेप परिचालन ७.६५ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ४.२५ प्रतिशतले बढेको थियो।

३१. यस बैंकले विभिन्न मौद्रिक उपकरणहरू प्रयोग गरी बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा निक्षेप संकलन बोलक बोल मार्फत रु. २०१३ अर्ब ६० करोड र स्थायी निक्षेप सुविधा मार्फत रु. १३ ९९९० अर्ब ५५ करोड गरी कुल रु. १०६००४ अर्ब १५ करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको छ भने रु. २ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा प्रयोग भएको छ।

३२. समीक्षा अवधिमा विदेशी विनमय बजार वाणिज्य बैंकहरूबाट अमेरिकी डलर ३ अर्ब २० करोड खुद खरिद गरी रु. ४३३ अर्ब ७७ करोड तरलता प्रवाह गरिएको छ। त्यसैगरी अमेरिकी डलर २ अर्ब ५४ करोड बिक्री गरी रु. ३४५ अर्ब ४८ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ।

३३. मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा रहेको भारतीय औसत अन्तर्वैङ्क दर ब्याजदर करिडोर (Interest Rate Corridor)  भित्रै रहेको छ। साथै आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा उल्लेख भएअनुसार स्थायी तरलता सुविधालाई थप लचिलो बनाई कार्यान्वयनमा ल्याइएको छ।

३४. २०८० चैत १५ देखि नेपाल सरकार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट आन्तरिक ऋण निष्कासन व्यवस्थापन सम्बन्धी कार्य थालनी भएको छ। मिति २०८१ असार १ देखि सरकारी ऋणपत्रहरूको निष्कासन नामसारी भुक्तानी र शोधभना लगायतका सम्पूर्ण कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत हुन थालेको छ।

ब्याज दर

३५. बैकिङ् प्रणालीमा तरलता सुविधाजनक अवस्थामा रहेसँगै चालु आर्थिक वर्षमा अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरू घटेका छन् २०८० फागुनमा ९१ -दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ३.०२ प्रतिशत रहेकोमा २०८१ फागुनमा २.९३ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरू बीचको भारतीय औसत २०८० फागुनमा। २.९२ प्रतिशत रहेकोमा २०८१ फागुनमा ३ प्रतिशत रहेको छ।

३६. २०८१ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारतीय औसत ब्याजदर ८. ४० प्रतिशत र निक्षेपको भारतीय औसत ब्याजदर ४.४५ प्रतिशत रहेको छ। त्यसैगरी २०८१ फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.३४ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको फागुनमा वाणिज्य बैंकहरूको कर्जा र निक्षेपको भारित औसत ब्याजदर क्रमश १०.७८ प्रतिशत र ६.७४ प्रतिशत रहेको थियो।

मौद्रिक नीतिको आधुनिकरण

३७. मौद्रिक नीतिले लिएका लक्ष्य प्राप्तिका लागि ब्याजदरलाई मौद्रिक नीतिको प्रसार संयन्त्रको रुपमा सुदृद्ध गर्दै सञ्चालनमा लक्ष्यको रुपमा बैंक तथा वित्तीय संस्था बीचको भारित औसत अन्तरबैंकको दरलाई लिएको छ ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

३८. नेपाल राष्ट्र बैंकको खुला बजार कारोबार विनियमावली २०७८ पाँचौं संशोधन २०८१ तथा नेपाल खुला बजार कारोबार सम्बन्धी कार्यविधि २०७८ सातौं संशोधन २०८१ कार्यान्वयनमा ल्याइएको छ। तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन यस बैंकको सञ्चालन लक्ष्यका रुपमा रहेको दरलाई नीतिगत दरको हाहाकारीमा राख्ने गरी खुला बजार कारोबार सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।

वित्तीय क्षेत्र शुद्धिकरण र वित्तीय पहुँच

३९. पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तर घट्दै गइरहेको अवस्थाले केही चुनौतीहरु सिर्जना भएतापनि पुँजीकोष र तरल सम्पत्ति नियाम कि सीमाभन्दा माथि रहेको एवं वित्तीय प्रणालीको मुनाफा लगायतका परिसूचक हेर्दा समग्र वित्तीय स्थायित्व कायम गरेको छ।

४०. पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्या र शाखा सङ्ख्या घटेको भएतापनि मर्जर तथा प्राप्ति पश्चात शाखा कम भएका स्थानका बैंक शाखालाई निरन्तरता दिएको विद्युतीय माध्यमबाट हुने कारोबार प्रबन्धन गरिएको र वित्तीय साक्षरता तथा ग्राहक हित संरक्षणमा जोड दिइएबाट वित्तीय पहुँचमा सुधार भएको छ।

४१. २०८१ माघ मसान्तसम्म २० वाणिज्य बैंक १७ विकास बैंक १७ वित्तीय कम्पनी ५२ लघुवित्तीय वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक गरी बैंक तथा वित्तीय संस्थाको संख्या १०७ रहेको छ। बझाङ जिल्लाको साइपाल गाउँपालिका शाखा स्थापना भएसँगै सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुँच भएको छ।

४२. बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाम्न गाभिन प्रोत्साहित गर्ने यस बैंकको नीतिगत व्यवस्थालाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ। आर्थिक वर्ष २०८०/८१ मा १० वटा बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाप्ने गाभिने तथा प्राप्तिमा सहभागी भई १०७ वटा पूर्वाधार विकास बैंकसहित बैंक तथा वित्तीय संस्थाहरू कायम हुन पुगेका छन्। उक्त अवधिमा भएका गाब्ने गाभिने तथा प्राप्तिका कुल पाँचवटा कार्यमध्ये गाप्ने गाबिने मर्जरतर्फ चार र प्राप्ति एकविजिसनतर्फ एकवटा कार्य सम्पन्न भएका छन्।

कानुनी सुधार

४३. विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को संशोधन मस्यौदा तर्जुमा भएको छ। त्यसैगरी लिज फाइनान्स एवं वित्तीय सम्पत्तिको पूर्ण संरचना तथा धितोपत्रकरण सिक्युरिटी टाइजेसन सम्बन्धी कानुन निर्माण विनिमय अधिकारपत्र ऐन २०३४ र भुक्तानी तथा फस्यौट ऐन २०७५ संशोधनका लागि कार्य अगाडि बढेको छ।

नियामकीय व्यवस्था

४४. बैंक तथा वित्तीय संस्था एवं पूर्वधार विकास बैंकबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरण मैत्री बनाउन एवं सो प्रकृतिको लगानी गर्दा सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्न सकिने गरी नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी जारी गरिएको छ।

४५. बैंकको खाता रोक्का तथा फुकुवालाई थप स्पष्ट पारदर्शी र व्यवस्थित बनाउन बैंकका खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली २०८१ जारी गरिएको छ।

४६. बैंक तथा वित्तीय संस्थाहरू तथा पूर्वाधार विकास बैंकका लागि NFRS 9- Expected Credit Loss Related Guideline, २०२४ जारी गरिएको छ।

४७. बैंक तथा वित्तीय संस्थाले २०८४ असार मसान्तसम्म न्यूनतम १५ प्रतिशत कर्जा रु. १ करोडसम्मका लघु घरेलु साना एवं मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्नेमा उक्त कर्जाको सीमा बढाई रु. २ करोड कायम गरिएको छ।

४८. निर्माण व्यवसायमा देखिएको शिथिलतालाई दृष्टिगत गरी नियामकीय सहुलियतहरू दिएको छ। रु. २ करोडसम्मको कृषिका लागि सहयोगी उद्योग कृषि औजार उत्पादन निर्यातजन्य सूचना प्रविधि पर्यटन लगायत आन्तरिक उत्पादन सँग सम्बन्धित उद्यम व्यवसाय समेतलाई कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्ने व्यवस्था गरिएको छ।

४९. घरेलु साना तथा मझौला उद्यम व्यवसायहरूमा कर्जा प्रवाह प्रोत्साहन गर्न रेगुलरिटी रिटेल पोर्टफोलियो आरआरपी को सीमालाई रु. २ करोडबाट बढाएर अधिकतम रु. २ करोड ५० लाख कायम गरिएको छ।

५०. घरजग्गा खरिद निर्माण परियोजनामा प्रवाहित कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात डिटिआइ अधिकतम सीमा ७० प्रतिशत हुने व्यवस्था कायम गरिएको छ।

५१. वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकले अभिमत्य असन्चित अग्राधिकार सेयर (Irredeemable Non-cummulative Preference Share) जारी गरी अतिरिक्त प्राथमिक पुँजीकोषमा गणना गर्नसक्ने व्यवस्था गरिएको छ।

५२. सम्पत्ति शुद्धिकरण निवारण ऐन तथा नियमावलीमा भएको संशोधन विमोजिम बैंक तथा वित्तीय संस्था तथा पूर्वधार विकास बैंकलाई निर्देशन जारी गरिएको छ।

५३. सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा सूचक संस्थाले पालना गर्नुपर्ने दायित्वका सम्बन्धमा Guideline on Targeted Financial Sanctions For Financial Institutions जारी गरिएको छ।

५४. यस बैंकबाट सामाजिक सुरक्षा कोषलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पहिलोपटक निर्देशन जारी गरिएको छ। साथै सम्बन्धित ऐन तथा नियमावलीमा भएको संशोधनलाई समेटी कर्मचारी सञ्चय कोष नागरिक लगानी कोष र अनुमतिपत्र प्राप्त हायर पर्चेस कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थामा संशोधन गरिएको छ।

५५. बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउनका लागि नेपाल राष्ट्र बैंक ऐनले निर्दिष्ट गरे अनुरुप निर्देशन तथा मापदण्ड स्वीकृत गरिएको छ।

५६. बैंक तथा वित्तीय संस्थाका लागि संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०८१ जारी गरिएको छ।

निरीक्षण तथा सुपरिवेक्षण

५७. वार्षिक निरीक्षण कार्य योजना अनुसार २०८१ फागुन मसान्तसम्म ११ वटा वाणिज्य बैंकको समष्टिगत स्थलगत निरीक्षण र दुईवटा वाणिज्य बैंकको it and cyber risk लक्षित स्थलगत निरीक्षण targeted inspection सम्पन्न भएको छ।

५८. वन तथा वित्तीय संस्थाबाट नियमित रूपमा लिँदै आएको तथ्याङ्कको सङ्कलन सुरक्षण अनुगमन विश्लेषण एवं विवरण प्रकाशनमा रहेका विद्यमान समस्याहरूलाई सम्बोधन गर्न सुपरिवेक्षकीय सूचना प्रणाली supervisory information system SIS कार्यान्वयनमा ल्याइएको छ।

५९. नेपाल राष्ट्र बैंक तथा श्रीलङ्काको केन्द्रीय बैंकबीच सुपरिवेक्षकीय ज्ञान आदानप्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

६०. राष्ट्रिय स्तरका चारवटा विकास बैंकमा जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षण सम्पन्न गरिएको छ। त्यसैगरी पाँचवटा विकास बैंक र आठवटा वित्तीय कम्पनीमा अनुपालनामा आधारित निरीक्षण सम्पन्न गरिएको छ। त्यसैगरी तीनवटा विकास बैंक र तीनवटा वित्त कम्पनी गरी छवटा संस्थाको लक्षित निरीक्षण सम्पन्न गरिएको छ।

लघुवित्त

६१. समीक्षा अवधिमा ४० वटा लघुवित्त वित्तीय संस्थाको समष्टिगत स्थलगत निरीक्षण तथा दुईवटा संस्थाको विशेष निरीक्षण कार्य सम्पन्न गरिएको छ। साथै लघुवित्त वित्तीय संस्थाको जोखिममा आधारित सुपरिवेक्षण गर्न कार्यविधि तयार गर्ने कार्य अघि बढाइएको छ।

६२. लघुवित्त वित्तीय संस्थाको कर्जा व्यवस्थापन आन्तरिक नियन्त्रण प्रणाली कर्मचारी प्रशासन व्यवसाय सञ्चालन एवं ग्राहक संरक्षण लगायतका विषयहरूका सम्बन्धमा विभिन्न अध्ययन समितिहरूले प्रदान समेतका आधारमा सञ्चालन गर्न इजाजत पत्र प्राप्त घ वर्गका लघु वित्तीय वित्तीय संस्थालाई मार्गदर्शन २०८१ जारी गरिएको छ।

६३. वित्त वित्तीय संस्थाले वार्षिक रूपमा संस्थागत सुशासन प्रतिवेदन (corporate governance report) तयार गरी सार्वजनिक जानकारीका लागि आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

भुक्तानी प्रणाली

६४. भुक्तानी तथा पछ्यौट ऐन २०७५ भुक्तानी तथा पछ्यौट विनियमावली २०७७ र भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति २०७९ अन्तर्गत रही इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्था बाहेक ९ वटा भुक्तानी प्रणाली सञ्चालक (PSOs) २५ वटा भुक्तानी सेवा प्रदायक (PSPs) संस्थाहरू सञ्चालनमा रहेका छन्।

६५. अन्तर्देशीय भुक्तानी कारोबार अन्तर्गत UPI Alipay + WeChat Pay मार्फत हुने व्यवस्था मिलाइएको छ।

६६. नेपाल राष्ट्र बैंकको “चौथो रणनीति योजना २०२२- २०२६” मा भएको व्यवस्था विमोजिम Unstructured supplementary service data (USSD) मा आधारित भुक्तानी प्रणालीको नेपालको सन्दर्भमा औचित्य र उक्त प्रणाली सम्बन्धी आवश्यक नियामकीय व्यवस्थालाई समेटेर USSD-Best payment system and its regulations solution for Nepal अध्ययन प्रतिवेदन तयार गरिएको छ।

६७. विद्युतीय बैंकिङ तथा भुक्तानी प्रणालीमा नवप्रवर्तन प्रवर्धन गर्दै नेपाल विद्युतीय बैंकिङ सेवा थप विस्तार गर्नका लागि international finance corporation IFCको सहायतामा regulatory sandbox सम्बन्धी नीतिगत तथा प्रक्रियागत तयारी भइरहेको छ। त्यसैगरी IFC को सहयोगमा Fintech strategy तर्जुमा गर्ने कार्य अगाडि बढेको छ।

६८. सम्बन्धी कार्य गर्ने संस्थाहरूमध्येबाट systemically important payment system sips पहिचान गर्नका लागि Iframework तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ।

६९. स्थानीय प्रणालीको सुरक्षा जोखिमको पहिचान र व्यवस्थापन संस्थागत सुशासन अन्तर्देशीय भुक्तानी कारोबार लगायतका विषयहरुलाई प्राथमिकता राखी भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०२१ जारी गरिएको छ।

७०. Wholesale (CBDC) को pilot सञ्चालनको लागि use case र design characteristics तय गर्नुका साथै NRB wCBDC Version 1.0.0 प्रणाली विकास गर्ने कार्य अन्तिम चरणमा रहेको छ। NRB CDBC प्रणाली तयार गर्नका लागि आधार प्रणालीको रूपमा NRB CBDC prototype best version 0.1.0 तयार गरिएको छ।

७१. बैंकिङ तथा भुक्तानी प्रणाली का क्षेत्रमा सूचना प्रविधिको प्रयोगबाट भइरहेको नम्बर प्रवर्तनलाई प्रोत्साहन एवं थप तेह पुर्‍याउने उद्देश्यले भुक्तानी प्रणाली विभाग अन्तर्गत रहने गरी digital finance innovation hub स्थापना गरिएको छ।

विदेशी विनिमय व्यवस्थापन

७२. भारतीय रुपैयाँको सतही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आबद्ध quick response code लगायतका विद्युतीय माध्यम कार्ड बाहेक मार्फत भारत र भुटानमा भुक्तानी merchant payments हुनेगरी समेत उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

७३. भारतबाट नेपालमा विप्रेषण भित्र्याउने परियोजनको लागि नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खातामा आबद्ध विद्युतीय बैंकिङ यी बैंकिङ अन्तरवैङ्क भुक्तानी मोबाइल बैंकिङ quickly response code मार्फत नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम भित्र्याउनुपर्ने व्यवस्था गरिएको छ।

७४. बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न प्रयोजनका लागि नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमवली २०८१ जारी गरिएको छ।

७५. विदेशी मुद्राको बचत खाताको रकम खर्च एवं विदेशी मुद्राको कार्ड जारी गर्ने रकम सीमामा वृद्धि गरिएको छ।

७६. विदेशी विनिमय सन्धि व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रयोजनाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले उपलब्ध गराएको प्राविधिक सहायता प्रतिवेदन (technical assistance report Nepal: improving the foreign exchange resource Management Framework) बाट प्राप्त सुझाव विमोजिम तयार गरिएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय लगानी नीति २०८१ कार्यान्वयनमा ल्याइएको छ।

७७. राष्ट्रिय वित्त बजारमा यस बैंकबाट गरिने लगानी तथा अन्य आर्थिक कारोबारलाई अन्तर्राष्ट्रिय मान्यता अनुरुप थप व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंक फाइनान्सियल सेक्सन रिलेटेड गाइडलाइन्स २०२४ कार्यान्वयनमा ल्याइएको छ।

मुद्रा व्यवस्थापन

७८. राष्ट्र बैंकले बैंक नोटको गुणस्तर वृद्धि गर्न कार्यालय निरन्तरता दिँदै आएको छ। यस क्रममा चालु नोट छपाई चक्रमा छपाई हुने बैंक नोटको सुरक्षण विशेषताहरु तथा नोटमा प्रयोग हुने प्राविधिक स्पेशिफिकेशालाई अन्तर्राष्ट्रिय स्तर अनुसार परिमार्जित गर्दै बैंक नोटलाई थप सुरक्षित तथा गुणस्तरीय बनाउँदै लगिएको छ।

७९. बैंकको नोट राष्ट्र बैंकको सम्पत्ति भएको हुँदा जतन ७ यसको प्रयोग गर्ने सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइएको छ। साथै बैंकले सफा नोट नीतिको प्रभावकारी कार्यान्वयन गर्दै सुकिलानोदको आपूर्तिलाई प्रवर्द्धन गर्दै आएको छ। यसै क्रममा बैंक नोटको समुचित उपयोगलाई प्रबन्धन गर्न र बैंक नोटको जीवन चक्र समेत अभिवृद्धि गर्न दशैं तिहार तथा छठ पर्वमा उपलब्ध भएसम्म सुखिला नोट सटही गर्ने व्यवस्थाको सुरुवात गरिएको छ।

मानव संसाधन व्यवस्थापन

८०. २०८१ फागुन मसान्तमा बैंकमा प्रकाशनतर्फ ११०४ र प्राविधिक तर्फ ७४ गरी कुल ११ ७८ जना कर्मचारी कार्यरत रहेका छन् कुल कर्मचारीमध्ये अधिकृत स्तरका ६६४ जना सहायक स्तरका ४५१ जना र श्रेणीविहीन कार्यालय सहयोगी स्तरका ६३ जना रहेका छन्।

८१. आर्थिक वर्ष २०८१/८२ का लागि बैंकमा सहायक निर्देशक ३२ जना र सहायक ३५ जना समेत गरी कुल ६६ जना कर्मचारी नियुक्ति भएका छन्। २०८१ साउन १ गतेदेखि फागुन मसान्तसम्म कुल २२ जना कर्मचारी बैंक सेवाबाट अलग भएका छन्।

८२. नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को व्यवस्था विमोजिम कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन तयार गर्ने सम्बन्धमा थप स्पष्टता तथा एकरुपता कायम गर्न गराउन नेपाल राष्ट्र बैंक कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी कार्यविधि २०८१ लागू गरिएको छ।

८३. कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य र कार्यस्थल सुरक्षा सुनिश्चितता गर्न र सुरक्षित स्वास्थ्य एवं सकारात्मक कार्य संस्कृति प्रवर्धन गर्न नेपाल राष्ट्र बैंक कर्मचारी स्वास्थ्य तथा कार्यस्थल सुरक्षा सम्बन्धी नीति २०८१ जारी गरिएको छ।

८४. बैंकले विदेशस्थित केन्द्रीय बैंक लगायतका निकायहरूसँग गरेको सम्झौताका आधारमा बैंकबाट बाह्य पदस्थापनामा पठाइने कर्मचारीको छनोट कार्यलाई व्यवस्थित पारदर्शी एवं प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक कर्मचारी बाह्य पदस्थापना सेकेन्डमेन्ट सम्बन्धी कार्यविधि २०८१ जारी गरी कर्मचारी छनौट प्रारम्भ गरिएको छ।

आन्तरिक लेखा परीक्षण

८५. आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिको बैंकिङ कार्यालय मुद्रा व्यवस्थापन विभाग वित्तीय व्यवस्थापन विभाग र प्रदेशस्थित सबै कार्यालयहरूको गहस्थलगत लेखा परीक्षण गरिएको छ।

८६. आर्थिक वर्ष २०८/०८ काशीको वार्षिक लेखा परीक्षण प्रतिवेदन र आन्तरिक लेखा परीक्षण प्रतिवेदन तयार भएको छ। साथै त्रैमासिक अर्धवार्षिक लेखा परीक्षण समेत नियमित रुपमा भइरहेको छ।

वित्त व्यवस्थापन

८७. नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ५३२ को व्यवस्थापन विमोजिम यस बैंकको मासिक वित्तीय अवस्थाको विवरण तयार गरी राष्ट्रिय स्तरको पत्रिकामा मासिक रूपमा प्रकाशन हुँदै आएको छ।

८८. नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था विमोजिम बैंकको बाह्य लेखा परीक्षण महालेखा परीक्षणको कार्यालयबाट नियुक्त लेखा परीक्षणहरूद्वारा आर्थिक वर्ष समाप्त भएको चार महिना २०८१ कार्तिक भित्र नै सम्पन्न गरिएको छ।

८९. नेपाल राष्ट्र बैंक आन्तरिक लगानी निर्देशिका २०६८ लाई समयानुकूल संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ।

सम्पत्ति शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखा

९०. सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी सुपरिवेक्षण गर्ने कार्यका लागि यस बैंकले मिति २०७९ माघ १ गते अलग्गै सम्पत्ति शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरेको छ उक्त महाशाखाबाट २०८१ फागुन मसान्तसम्म विप्रेषण कम्पनी र दुई अन्य संस्थाहरु गरी कुल २० वटा AML/CFT मा आधारित स्टलगत निरीक्षण तीनवटामा विशेष निरीक्षण र वाणिज्य बैंकमा टार्गेट फाइनान्सियल सेक्सन (TFS) लक्षित निरक्षण विषयगत अध्ययन सम्पन्न भएको छ साथै दुईवटा संस्थालाई कारबाही गरेको छ।

वित्तीय जानकारी इकाइ

९१. क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था जीवन निर्जीवन लघु विमान तथा पूर्णबिमा कम्पनी विप्रेषण सम्बन्धी कार्य गर्ने संस्था तितोपत्र व्यवसाय लघुवित्त कम्पनी सहकारी संस्था भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था मुद्रा सतही सम्बन्धी कार्य गर्ने संस्था क्यासिनो व्यवसाय बहुमूल्य धातु तथा पत्थर सम्बन्धी कारोबार गर्ने व्यवसाय भुक्तानी सेवा प्रदायक भुक्तानी प्रणाली सञ्चालक घरजग्गा खरिद बिक्री व्यवसायी हायर पर्चेज कर्जा दिने कम्पनी लेखा परीक्षण व्यवसायीलगायत जम्मा २६६५ वटा सूचक संस्थालाई वित्तीय जानकारी इकाइको (गोएएमएल सिस्टम)मा आबद्ध गरिएको छ। साथै नेपाल सरकारलाई विभिन्न नियामकीय सुपरिवेक्षकीय निकायलाई समेत सूचना सम्प्रेषणका लागि (गोएमएल सिस्टम)मा आबद्ध गरिएको छ।

९२. सूचना आदानप्रदानका लागि वित्तीय जानकारी इकाइले हालसम्म २० वटा विदेशी फाइनान्सियल इन्टेलिजेन्स युनिट(FIU) सँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। साथै आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म २६ पटक विदेशी समकक्षी निकायसँग सूचना आदानप्रदान भएको छ।

सम्पत्ति तथा सेवा व्यवस्थापन

९३. यस बैंकको बालुवाटार तथा थापाथली परिसर मा आधुनिक कार्यालय भवनहरू लगायत आवश्यक अन्य संरचनाको समेत निर्माण कार्य सम्पन्न भई नेपाल सरकार सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग केन्द्रीय कार्यालय कार्यान्वयनमा इकाई भवन तथा आवासबाट क्रमश बालुवाटारको भवन २०८१ असार २८ गते र थापाथलीको भवन २०८१ असोज ५ गते हस्तान्त्रण लिने कार्य सम्पन्न भएको छ। उक्त नवनिर्मित दुबई भवनहरूबाट केही विभागहरूको सेवा सुरु गरिएको छ र अन्य विभाग स्थानान्तरण गरी पूर्ण सञ्चालनमा ल्याउने कार्य प्रारम्भ भइरहेको छ।

९४. प्रयोगमा रहेका जिएल एचआरएस आरतीजीएस GL,HRIS,RTGS,SWIFT लगायतका विभिन्न सफ्टवेयर तथा समग्र सूचना प्रविधि प्रणालीसँग सम्बन्धित सिस्टम Audit को विज्ञबाट परीक्षण कार्य प्रारम्भ गरिएको छ।

संस्थागत योजना तथा जोखिम व्यवस्थापन

९५. आर्थिक वर्ष २०८०/८१ को आर्थिक कार्ययोजनाको वार्षिक मूल्याङ्कन एवं समीक्षा र आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाको दोस्रो त्रयमास सम्मको मूल्याङ्कन एवं समीक्षा सम्पन्न भएको छ। साथै आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट समीक्षा तथा आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रयमास सम्मको बजेट समीक्षा कार्य सम्पन्न भएको छ।

९६. बैंकको चौथो रणनीति योजना (२०२२ -२०२६) को मध्याविधि समीक्षा सम्पन्न भएको छ।

९७. पहिलो प्राथमिकतामा रहेको संवेदनशील कार्य (क्रिटिकल एक्टिभिटीज)हरूलाई समेटेर तर्जुमा गरिएको बैंकको व्यवसाय निरन्तरता योजना २०२५ बिजनेस कन्टिनुटी प्लान २०२५ तयार भई स्वीकृत हुने चरणमा रहेको छ।

सूचना प्रविधि

९८. सिफ्ट सिस्टमलाई सुरक्षित भरपर्दो तथा व्यवस्थित तहले सञ्चालन गर्ने सिफ्ट एलायन्स इन्ट्रीबाट सिफ्ट एलायन्स क्लाउड मा स्थान्तरण गर्ने कार्य भइरहेको छ।

९९. वित्तीय क्षेत्रमा सूचना प्रवृत्तिको बढ्दो प्रयोगसँगै देखिएको साइबर सुरक्षा जोखिमको पहिचान त्यसबाट हुने अक्षरको न्यूनीकरण र साइबर सुरक्षा सम्बन्धी घटनामा तत्काल सहयोगका लागि वित्तीय क्षेत्र कम्प्युटर आकस्मिक सहायता समूह financial sector कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम फिन सिइआरटी गठन गरिएको छ।

१००. नेपाल राष्ट्र बैंकभित्र सूचना प्रविधि पूर्वाधारको सुरक्षित कुशल र प्रभावकारी प्रयोगलाई सुनिश्चित गर्न र साइबर सुरक्षा जोखिमलाई व्यवस्थापन गर्न साइबर सेक्युरिटी फार्मवर्क आइटी गभर्नेन्स फार्मवर्क तयार गरिएको छ।

१०१. सूचना प्रविधि प्रणालीमा हुनसक्ने सम्भावित साइबर आक्रमणको पहिचानका लागि बैंकमा प्रयोग भएका विभिन्न Systemहरूको लक विवरण केन्द्रित रूपमा संकलन गरी शंकास्पद गतिविधिहरूको विश्लेषण गर्ने कार्यका लागि security information and event management एसआईएम सिस्टम प्रयोगमा ल्याइएको छ।

१०२. विपद व्यवस्थापनको लागि बैंकको क्रिटिकल बिजनेस फङ्सन प्रोसेस को निरन्तरतालाई सुरक्षित गर्न आइटी दिशास्त्र recovery plan तयार गरिएको छ।

१०३. बैंकको सूचना सुरक्षा थप शुद्धिकरणका लागि चिफ इन्फर्मेसन सेक्युरिटी अफिसर सीआइएसओ इन्फर्मेसन सेक्युरिटी अफिसर आइएसओ नियुक्त गरी साइबर security unit स्थापना गरिएको छ।

१०४. सूचना प्रविधि परिवर्तन व्यवस्थापन नीति र सूचना प्रविधि परिवर्तन व्यवस्थापन कार्यविधि २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको छ।

१०५. वित्तीय समावेशीकरण अभिवृद्धि तथा वार्षिक रूपमा समावेशीकरणको स्तर मापनका लागि फाइनान्सियल इन्फ्लुएसन इन्डेक्स एफआईआई गणना सम्बन्धी प्रतिवेदन तयार भएको छ। वित्तीय समावेशीकरण नीति तयार गरी प्रकाशन गरिएको छ। साथै राष्ट्रिय वित्तीय समावेशीकरण र नीतिको मस्यौदा तयार गरी नेपाल सरकार अर्थ मन्त्रालय पठाइएको छ।

१०६. वित्तीय साक्षरतासम्बन्धी विभिन्न विषयमा छोटो भिडियोहरू सर्च भिडियो निर्माण गरी यस बैंकको सामाजिक सञ्जाल मार्फत प्रसारण भइरहेको छ। डिजिटल वित्तीय साक्षरता अभिवृद्धिका लागि वित्तीय साक्षरता सन्देश वित्तचित्र रेडियो जङ्गल जस्ता सामग्री मार्फत कार्य भइरहेको छ साथै वित्तीय साक्षरता प्रशिक्षकको रोष्टर तयार गरी बैंकको वेबसाइटमा प्रकाशित गरिएको छ।

१०७. Think before you follow wise money tomorrow भन्ने मूल नाराका साथ २०८१ चैत्र ४ गतेदेखि १० गतेसम्म ग्लोबल Money Week २०२५ भव्यताका साथ देशभरि मनाइएको छ।

१०८. मार्केट कन्डक्ट सुपरभिजन कार्यान्वयनको लागि नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७४ मा संशोधन गरी यसको कार्यविधि लागू गरिएको छ।

१०९. “वित्तीय ग्राहक हित संरक्षण ऐन”को मस्यौदा तयार भएको छ।

अध्ययन अनुसन्धान तालिम सम्मेलन

११०. आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनादेखि अन्तर्राष्ट्रिय मुद्दा कोषबाट जारी छैठौं संस्करणको ब्यालेन्स अफ पेमेन्ट मेनुअल (बिपिएम 6) अनुरूप शोधनान्तर तथ्याङ्क सङ्कलन प्रशोधन तथा प्रकाशन कार्य थालनी गरिएको छ।

१११. बैंकको आर्थिक अनुसन्धान विभागले शोधनान्तर तथ्याङ्क अत्यावधिक गर्न ट्रेड क्रेडिट सर्वे विषयमा अध्ययन कार्य सम्पन्न गरेको छ।

११२. कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवं आन्तरिक र बाह्य बजारमा यसको सम्भावना र चुनौती विषयक अध्ययन प्रकाशन गरिएको छ।

११३ गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाइ तथा खर्चको प्रवृत्ति सम्बन्धी अध्ययन प्रकाशन गरिएको छ।

११४. २०८१ साउनदेखि फागुन मसान्तसम्म बैंकको बैंकर्स परीक्षण केन्द्रले नियमित तालिम कार्यक्रम मार्फत २३ कार्यशाला तर्फ दुई अन्यतर्फ ४ गरी जम्मा २९ वटा तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ साथै आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा भौतिक रुपमा सम्पन्न भएका अन्तर्राष्ट्रिय कार्यक्रम तालिम सेमिनार तथा गोष्ठीमा यस बैंकको तर्फबाट ८४ पटक सहभागिता भएको छ भने स्वदेशी तालिम तथा कार्यक्रममा ४७३ जना कर्मचारीको सहभागिता भएको छ।

११५. यस बैंकका संस्थापक गवर्नर स्वर्गीय हिमालय शमशेर जबराको स्मृतिमा पहिलो पटक हिमालय शमशेर मेमोरीकल लेक्चर (HMLS) कार्यक्रम सम्पन्न गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध

११६. २०८१ भदौमा सम्पन्न “Alliance for Financial Inclusion (AFI)- Global Policy Forum” को “5th South Asia Region Financial Inclusion Initiative (SARFLL) Leaders Roundtable”का क्रममा एसएआरएफआईआई को अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ। यस अन्तर्गत 6th SARFII Leaders Roundtable,Expert Group on Financial Inclusion Policy र Payment Expert Group को बैठक र Regional Training on Enhancing Cyber Resilience on Digital Payments and Infrastructure” २०८१ फागुनमा काठमाडौँमा सम्पन्न भएको छ।

११७. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २०८१ वैशाखदेखि २०८१ फागुनसम्म पाँचवटा विभिन्न विषयमा प्राविधिक सहयोग प्राप्त भएको छ भने कोषको एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी (इसीएफ)को फोर्थ र फिफ्थ रिभ्यु सम्पन्न भएको छ।

११८. २०८१ असारमा २०२४ बैंक अफ कोरिया नलेज पार्टनरसिप प्रोग्राम बीओके केपी अन्तर्गत regulation and oversing form work of payment system विषयमा यस बैंक र बैंक अफ कोरियाबीच दिपक्षीय सम्झौता विमोजिम अध्ययन सम्पन्न भई प्रतिवेदन भएको वेबसाइटमा प्रकाशन गरिएको छ।

अन्त्यमा,

११९. अधिक तरलता र न्यून ब्याजदरका साथै बाह्य क्षेत्र परिसूचकहरू सबल रहेको सन्दर्भमा मौद्रिक क्षेत्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन हदैसम्मको प्रयास गरिएको छ। पछिल्लो उपलब्ध सार्वजनिक वित्त वैदेशिक व्यापार र आर्थिक वृद्धिको तथ्याङ्कले आर्थिक गतिविधिमा सुधार भएको आकलन गर्न सकिन्छ।

१२०. विगतमा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित हुन गई निष्क्रिय कर्जा अनुपात बढेकोमा आर्थिक गतिविधिमा सुधार भएसँगै सुधार हुने अपेक्षा छ। वित्तीय स्थायित्वका लागि अपनाइएका नियमनकारी व्यवस्थाको प्रभाव समेत देखिँदै गएको छ। यसरी मौद्रिक वित्तीय तथ्याङ्क विदेशी विनिमय नीति मार्फत समष्टिगत आर्थिक स्थायित्व कायम राख्न नेपाल राष्ट्र बैंक कतिबद्ध छ तथापि पछिल्लो समय खासगरी अमेरिकी अन्तर्राष्ट्रिय व्यापार एवं आर्थिक सहयोग नीति र भूराजनीतिक तनावस्ता बाह्य कारणले अर्थतन्त्रमा थप दबाव पर्न सक्ने जोखिम भने कायमै छ।

१२१. वार्षिक उत्सवको अवसरमा बैंकका उद्देश्य प्राप्तिका लागि आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका बैंकका सञ्चालक समितिका पदाधिकारी र सम्पूर्ण कर्मचारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै बैंकको कार्यसम्पादनमा महत्वपूर्ण सहयोग पुर्याउने नेपाल सरकारका विभिन्न निकायहरू बैंक तथा वित्तीय संस्था अन्तराष्ट्रिय दातृ निकाय सञ्चारमाध्यम र शुभेच्छुकहरूप्रति समेत म हार्दिक आभार व्यक्त गर्दछु।

१२२. यस बैंकको उद्देश्य प्राप्तिका लागि अग्रपंक्तिमा रहेर अहोरात्र खटिने कर्मचारीहरू धन्यवादका पात्र हुनुहुन्छ। बैंकको ७० औँ वार्षिक उत्सवको यस गरिमामय अवसरमा बैंकका सम्पूर्ण कर्मचारी र अन्य सम्बद्ध सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै बैंकको उद्देश्य प्राप्तिमा आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्ने गरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई म आग्रह गर्दछु।

१२३. वार्षिक उत्सवको अवसरमा २० औँ वर्षे सेवा उपहारबाट सुशोभित हुनुहुने कर्मचारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको बैंकप्रतिको समर्पणको म उच्च सम्मान गर्दछु। यसका साथै नेपाल राष्ट्र बैंकको ७० औ वार्षिक उत्सवको अवसरमा सर्वकृष्ट र उत्कृष्ट सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई बधाई ज्ञापन गर्दछु। त्यसैगरी यस अवसरमा खेलकुद लगायत विभिन्न विधामा पुरस्कृत र सहभागी सम्पूर्ण कर्मचारीलाई समेत म हार्दिक बधाई ज्ञापन गर्दछु।

१२४. बैंकको काम कारबाहीलाई सफल तुल्याउन निरन्तर सहयोग गर्ने नेपाल सरकार अर्थमन्त्रालय लगायत अन्य सरकारी निकाय बैंक तथा वित्तीय संस्था निजी क्षेत्रको संघसंस्था संचार क्षेत्र बुद्ध वर्ग अन्तर्राष्ट्रिय मुद्दा कोष र अन्य दात्री निकाय अन्तर्राष्ट्रिय संघसंस्था र सर्वसाधारण सबैमा यस अवसरमा म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। आगामी दिनमा म सरोकारवालाहरू सबैबाट सदा झैँ वर्गलाई नियन्त्रण सहयोग प्राप्त हुनेमा म विश्वस्त छु।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते