होमपेज > नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित

नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित

बिज्ञापन
बिज्ञापन

नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन्। बिहीबार साँझ सम्पन्न निर्वाचनमा गिरीले १७३ मत प्राप्त गरी, प्रतिस्पर्धी रोहित कोइरालालाई १२१ मतले पराजित गरेका हुन् ।

बिज्ञापन

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदान प्रक्रिया अघि बढाइएको थियो। कुल ३१४ प्रतिनिधिमध्ये ३०८ जनाले मतदान गरेका थिए।गिरी नेतृत्वको प्यानलले अन्य पदमा समेत विजय हासिल गरेको छ। उपाध्यक्षमा सुरज न्यौपानेले १४५ मत प्राप्त गरी विराटनगर महानगरपालिका९८ का वडा अध्यक्ष राम पोख्रेललाई १३६ मतले हराएका छन् ।

बिज्ञापन

सचिवमा विज्ञान चापागाईँले १८३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई ७९ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। यसैगरी, उपसचिवमा हमिद आजादले १७८ मत प्राप्त गरी चन्द्र शेखर विश्वासलाई ८० मतले पछाडि पारेका छन् ।

महिला उपसचिवमा हिमा मैनाली पोखरेलले १६९ मत हासिल गरी कला डाँगीलाई ५८ मतको अन्तरले पराजित गरेकी छन् । डाँगीले १११ मत प्राप्त गरेकी थिइन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते