होमपेज > सुमना श्रेष्ठले दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा

सुमना श्रेष्ठले दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा

बिज्ञापन
बिज्ञापन

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन् ।

बिज्ञापन

रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सह(महामन्त्री पदबाट राजीनामा दिएकी हुन् । पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पुर्‍याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बिज्ञापन

श्रेष्ठले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । श्रोतका अनुसार आज बिहीबार बस्ने बैठकमा श्रेष्ठले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् । ‘अघिल्लो बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टीमा पुनर्संरचना आवश्यक छ भनेर भन्नुभएको थियो । त्यसमा सुमनाजीले एक पद एक व्यक्तिको प्रस्ताव ल्याउनु भएको हो’, झाले रातोपाटीसँग भने, ‘विधायिकी भूमिकामा अझै बढी केन्द्रित हुनका लागि यताको भूमिकाबाट उहाँले छुट्टी लिनुभएको हो, यो पोजेटिभ हो ।’

प्रधानमन्त्री प्रधानमन्त्रीको पनि भूमिका र सबै विश्वविद्यालयको उपकुलपति समेत भएर बस्ने अवस्थामा उनले सरकार र विश्वविद्यालय दुवै राम्रो चलाउन नसकेको अवस्थामा सुमनाले उदाहरण प्रस्तुत गरेको झाको भनाइ छ । रास्वपा स्रोतका अनुसार सभापति लामिछानेको पार्टी पुनर्संरचनाको पहलमा अन्य पदाधिकारी र विभागीय प्रमुखहरूले समेत राजीनामा दिने तयारी गरेका छन् ।

बिज्ञापन

‘अरू पदाधिकारी र केही विभागीय प्रमुखले पनि यस्तो तयारी गरेका छन्’, स्रोतले भन्यो, ‘अरू को को हुन् भन्ने चाहिँ केन्द्रीय समिति बैठकपछि मात्र थाहा होला ।’

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते