होमपेज > सुनसरीमा चल्याे गोली

सुनसरीमा चल्याे गोली

बिज्ञापन
बिज्ञापन

सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ। गोली लागेर १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार देवानगन्ज बजारमा गोली प्रहार हुँदा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएका हुन्। उनको अवस्था गम्भीर छ। पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बिज्ञापन

शिवकुमारमाथि के कारणले गोली प्रहार गरिएको हो भनेर खुल्न बाँकी छ। गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कामेश्वरले कुन हतियारबाट गोली प्रहार गरेका हुन् भनेर यकिन भइसकेको छैन।

पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारमाथि देवानगन्ज बजार पुग्नसाथ साँझ ६स्३० बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ। शिवकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको प्रहरीले जनाएको छ। गम्भीर अवस्थाका उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बिज्ञापन

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले घटनाको पुष्टि गरे। घटनाका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी उनले दिए। ‘गोली प्रहार भयो भन्ने जानकारी आएको छ। एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। थप बुझ्ने काम भइरहेको छ,’ डीआईजी अधिकारीले भने।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते