होमपेज > त्रिविमा उपप्राध्यापक परीक्षाको नतिजा सार्वजनिक: २५ जना माग, ३ मात्रै पास

त्रिविमा उपप्राध्यापक परीक्षाको नतिजा सार्वजनिक: २५ जना माग, ३ मात्रै पास

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। २०७७ फागुन ९ गते प्रकाशित गरेको विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो।

बिज्ञापन

आयोगले २०८१ भाद्र र असोजमा लिखित परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामध्ये आयोगले आज कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका ३१ विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो। सार्वजनिक गरिएको नतिजा भने रोचक देखिएको छ। कतिपय विषयमा माग गरेभन्दा निकै कम पास भएका छन्। कम्प्युटर विज्ञानमा २० जना उपप्राध्यापकका लागि गरिएको विज्ञापनमा लिखित परीक्षामा ५ जना पास भएका छन् । लिखित परीक्षामा ३८ जना सहभागी भएका थिए।

बिज्ञापन

त्यस्तै गणित विषयका लागि समेत २० जनाको विज्ञापन माग गरेकोमा २ जनाले मात्रै लिखित परीक्षा पास गर्न सकेका छन्। गणित विषयका लागि १०४ जनाले लिखित परीक्षा दिएका थिए । त्यस्तै तथ्यांकशास्त्रमा १५ जनाका लागि विज्ञापन गरिएकोमा २ जनाले मात्र लिखित परीक्षा पास गरेका छन्। त्यसका लागि ३६ जनाले लिखित परीक्षा दिएका थिए।

त्यस्तै प्राणी शास्त्रमा २० जनाका लागि गरिएको विज्ञापनमा १४ जना पास भएका छन् । जसमा ११ जना खुला तर्फ माग गरेकोमा ७ जना पास भएका छन् । अपाङ्ग, मधेसी र दलित कोटाबाट भने कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन्। त्यस्तै भौतिक शास्त्रतर्फ २५ जनाका लागि विज्ञापन माग गरिएकोमा ३ जना मात्रै पास भएका छन्। जसमा १७५ जनाले लिखित परीक्षा दिएका थिए। त्यस्तै रसायनशास्त्रतर्फ २४ जनाका लागि विज्ञापन माग गरिएकोमा ११ जना पास भएका छन्। जसमा १२८ जनाले लिखित परीक्षा दिएका थिए।

बिज्ञापन

कतिपय विषयमा भने कुनै पनि परीक्षार्थीले लिखित परीक्षा पास गर्न सकेका छैनन्। डाइटेटिक्स, बायोक्यामेस्ट्री, फरेस्ट्री, दुग्ध विज्ञान, एनिमल न्युट्रिसन विषयको लिखित परीक्षामा भने कुनै पनि परीक्षार्थीले लिखित परीक्षा पास गर्न सकेनन्।

अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूको अन्तर्वार्ता २०८२ जेठ ०४ गते देखि सञ्चालन हुने आयोगले जनाएको छ । तत्कालीन समयमा आयोगले विज्ञापन आह्वान गरेकामा अदालतमा मुद्दा परेपछि अहिलेसम्म परीक्षा हुन सकेको थिएन। अदालतले परीक्षा प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि आयोगले परीक्षा प्रक्रिया अगाडि बढाएको थियो ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते