होमपेज > शिखर इन्स्योरेन्सको आयोजनामा चौथो सर्भेयर सेमिनार सम्पन्न

शिखर इन्स्योरेन्सको आयोजनामा चौथो सर्भेयर सेमिनार सम्पन्न

बिज्ञापन
बिज्ञापन

बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यका साथ शिखर इन्स्योरेन्सद्धारा आयोजित चौथो सर्भेयर सेमिनार सम्पन्न भएको छ ।

बिज्ञापन

कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए जसमा कम्पनीका तर्फबाट शिखर इन्स्योरेन्सका महाप्रवन्धक उदित प्रसाद काफ्ले , २०८१ मा आएको बाढी दाबीका सम्बन्धमा तथा सर्भेयरका तर्फबाट नेपाल इन्स्योरेन्स सर्भेयर महासचिव बिकास महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बिज्ञापन

यसैगरी, बिद्युतिय सवारी साधनको दाबी सम्बन्धमा सर्भेयर प्रेम लाल तामाङ, बातावरणीय जोखिमका सम्बन्धमा पुनर्बीमकका तर्फबाट हिमालयन रिइन्स्योरेन्सका तर्फबाट कार्यकारी निर्देशक सिसिर गैरे र नेपाल बीमा प्राधिकरणका तर्फबाट निर्देशक शाम्बराज लामिछानेले दाबी फछ्र्यौटमा सर्भेयरको भुमिका बारे प्रस्तुत गरेका कार्यपत्रका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा ११० जना सर्भेयर,बिभिन्न बिषयका बिषय बिज्ञ तथा कम्पनीका कर्मचारी लगायत गरी १९० जनाको सहभागिता थियो । समापन कार्यक्रममा कम्पनीको आ.व. २०८०/०८१ मा परेका दाबीमा कम्पनीबाट सर्भेयर कार्यका लागि खटिई उत्कृष्ट सेवा प्रदान गर्ने शेर बहादुर बुडा, लोचन केन्द्र देवकोटा, रविन शर्मा र अमिर खनाल सहित चार जना सर्भेयरलाई सम्मान समेत गरेको छ ।

बिज्ञापन

कार्यक्रमको समापन समारोहमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्ता खालका कार्यक्रमले सर्भेयरको क्षमता अभिबृधि गर्ने हुनाले कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गरे । साथै सम्मानित हुने सर्भेयरलाई बधाई दिदै यस्ता सम्मानले समय सिमा भित्र कार्य सम्पन्न गर्न उत्प्रेरणा मिल्ने बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते