होमपेज > स्वास्थ्य बीमाको दुरूपयोग भएको ठहर, प्रिमियम बढाउन आयोगको सुझाव

स्वास्थ्य बीमाको दुरूपयोग भएको ठहर, प्रिमियम बढाउन आयोगको सुझाव

बिज्ञापन
बिज्ञापन

उच्चस्तरीय आर्थिक सुझाव आयोगले स्वास्थ्य बीमाको प्रिमियम बढाउन सुझाव दिएको छ । शुक्रवार अर्थमन्त्री विष्णु पौडेललाई आयोगका संयोजक पूर्व सचिव रामेश्वर खनालले बुझाएको प्रतिवेदन मार्फत स्वास्थ्य बीमाको प्रिमियम बढाउन सुझाव दिइएको हो ।

बिज्ञापन

स्वास्थ्य बीमा बोर्डले जारी गरेको स्वास्थ्य बीमामा हाल ३ हजार ५ सय रुपैयाँ प्रिमियम तोकिएको छ । उक्त रकमलाई बढाएर ५ हजार पुर्याउनु पर्ने उक्त आयोगको सुझाव रहेको छ । यसैगरी स्वास्थ्यमा हानि गर्ने सुर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लागएर सो रकम बीमा कोषमा जम्मा गर्न पनि आयोगले सुझाएको छ ।

बिज्ञापन

आयोगले बीमाको प्रिमियम बढाउन सुझाव दिए पनि बीमाङ्क रकम बढाउने वा घटाउने बारे कुनै धारणा दिएको छैन । यता, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको बीमाङ्क रकम ५ लाख पुर्याने घोषणा गरिसकेका छन् । हाल बीमाङ्क रकम प्रति परिवार २ लाख रूपैयाँ रहेको छ । यसैगरी, आयोगले स्वास्थ्य बीमाको दुरूपयोग समेत भएको ठहर गरेको छ।

आयोगका अनुसार सरकारले स्वास्थ्य बीमाबाट सिर्जित दायित्व समयमा भुक्तानी गर्न सकिरहेको छैन। आर्थिक वर्ष २०७९/८० को स्वास्थ्य बीमाको शोधभर्ना रकम करीब १३ अर्ब १३ करोड रहेको थियो । उक्त आ.व.मा ११ अर्ब जति खर्च भएको थियो । तर, आ।व। २०८०/८१ र २०८१/८२ मा ७ अर्ब ५० करोडमात्र विनियोजन भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते