होमपेज > नेपाल र भारतका कृषिमन्त्रीबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल र भारतका कृषिमन्त्रीबीच समझदारी पत्रमा हस्ताक्षर

बिज्ञापन
बिज्ञापन

नेपाल र भारतबीच कृषि क्षेत्रमा क्षेत्रमा सहयोग र सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिज्ञापन

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौताले दुई देशहरू बिचको निरन्तर सहकार्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

बिज्ञापन

यस सम्झौताले विशेष गरी बाली उत्पादकत्वमा सुधार, पोष्ट हार्भेष्टको व्यवस्थापन र बजारीकरणका साथै जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रहरूमा हाल जारी रहेको सहयोगलाई नयाँ प्रेरणा दिने अपेक्षा गरिएको छ ।

त्यस्तै कृषि–बजार प्रणालीहरू, जलवायु–प्रतिरोधी र दिगो कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्ने जस्ता क्षेत्रहरूमा सहयोग मिल्नेछ । यो सम्झौताले खाद्य सुरक्षा सुनिश्चित गर्ने, किसानको जीविकोपार्जन बढाउने र वातावरणीय रूपमा दिगो कृषितर्फ काम गर्ने दुवै देशहरूको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको उल्लेख छ ।

बिज्ञापन

यसअघि मन्त्री अधिकारी र चौहानबीच दुई पक्षीय भेटघाट भएको थियो । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा रहेको द्विपक्षीय सहयोगको समीक्षा र पारस्परिक लाभका लागि सहकार्यलाई थप बढवा दिनेबारे छलफल गरे । मन्त्री चौहानले आज काठमाडौंमा आयोजित तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएका थिए ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते