नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको हो। शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ। बिहीबार तोलामा २ हजार २०रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार २ हजार ४० रुपैयाँ कायम भएको हो।








