होमपेज > प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ

प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

प्रहरी जवान पदका लागि अर्कै व्यक्तिको नाममा परीक्षा दिन पुगेका ६ जना पक्राउ परेका छन् ।  प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रित शाहीको परीक्षा दिने अभिषेक शाही, हिक्मतबहादुर थापाको परीक्षा दिने इशाक तामाङ, शर्मिला शाहीको सट्टामा परीक्षा दिने तृप्ति सुन्दास, रोशन खत्रीको परीक्षा दिन पुगेका पारस बुढा, सविन महराको नाममा परीक्षा दिन पुगेका रवीन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिन पुगेका दिनेश चन्द रहेका प्रहरीले जनाएको छ ।

बिज्ञापन

तीन जनालाई प्रहरी वृत्त बानेश्वर, दुई जना प्रहरी वृत्त गौशाला र एक जनालाई प्रहरी वृत्त सिंहदरबारमा राखेर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते