होमपेज > ९ महिनामा ९ हजार भन्दा बढी डेंगीका बिरामी, मृत्यु हुनेको संख्या कति?

९ महिनामा ९ हजार भन्दा बढी डेंगीका बिरामी, मृत्यु हुनेको संख्या कति?

बिज्ञापन
बिज्ञापन

गण्डकी प्रदेशमा ९ महिनामा ९ हजार भन्दा बढी डेंगीका बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री कृष्ण पाठकले संसद्लाई जवाफ दिँदै पुसदेखि हालसम्मको विवरण पेस गरेका हुन् । उनका अनुसार यो अवधिमा ९ हजार ९४ जनालाई डेंगी पुष्टि भएको छ ।

बिज्ञापन

सबैभन्दा बढी कास्कीमा ४ हजार ५ सय ५२, तनहुँमा २ हजार ३ सय ४७, पर्वतमा ८ सय १६, गोरखामा ४ सय १० जना बिरामी छन् । यस्तै, स्याङ्जामा ३ सय ३०, बागलुङमा ३ सय १८, म्याग्दीमा १ सय १७, नवलपुरमा १ सय ५, लमजुङमा ९४, मुस्ताङमा ३ जना बिरामी छन् । मनाङमा हालसम्म बिरामी भेटिएका छैनन् । पालिकाका हिसाबले पोखरामा सबैभन्दा बढी बिरामी छन् । पोखरामा ४ हजार ४ सय ३३, आँबुखैरेनीमा १ हजार ३ सय ८, कुश्मामा ७ सय ९४, व्यासमा ६ सय ३०, गोरखामा ३ सय २९, शुक्लागण्डकीमा २ सय ४६, बागलुङमा २ सय २९ र बेनीमा १ सय १२ बिरामी छन् ।

बिज्ञापन

हालसम्म ६ जना डेंगी बिरामीको मृत्यु भएको छ । साउन १० गते सबैभन्दा पहिले तनहुँ व्यासका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो भने साउन ३१ गते पोखराकी ५२ वर्षीय महिला र भदौ १९ गते बेनी नगरपालिका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ २१ गते पोखराकी ८० वर्षीय महिला र असोज २ गते स्याङ्जाकी ७० वर्षीय महिलाको मृत्यु भएको पाठकले बताए । सरकारले डेंगी नियन्त्रणका लागि अभिमुखीकरणसँगै लार्भा नष्ट गर्ने अभियान चलाएको छ । यसबाहेक, प्रादेशिक अस्पताल र प्रदेश मातहतका अस्पताल तथा जीपी कोइराला अस्पतालमा १५ हजार थान डेंगी परीक्षण कीट प्रदान गरेर निःशुल्क परीक्षण भइरहेको पाठकको भनाई छ ।

‘सरकारी अस्पतालमा निःशुल्क परीक्षण र उपचार भइरहेको छ,’ उनले भने, ‘निजी अस्पताल र प्रयोगशालामा प्रति परीक्षण ६ सय मात्रै लिन पाउने शुल्क तोकिएको छ ।’ बिरामीको दर बढ्दै गए थप स्रोतको आवश्यकता पर्ने उनको भनाई छ । प्रदेश सरकारले डेंगी रोकथाम कार्ययोजना र लार्भा खोज र नष्ट गर कार्यविधि तयार गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते