होमपेज > सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

बिज्ञापन
बिज्ञापन

सिटिटेक ग्रुपले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयरू “गेटपे” लाई नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा, माछापुच्छ्रे बैंकमा भुक्तानी व्यवस्थापन शुभारम्भ गरेको छ।

बिज्ञापन

सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । यस संस्थाले हाल सम्म फिन-प्रो तथा फिन-पस जस्तो नवीनतम सफ्टवेयर ल्याएर नेपालमा पहिले नै आफ्नो बर्चस्व कायम गरिसकेको छ। हाल संचालनमा आएको गेटपे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणाली मार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म हो।

बिज्ञापन

व्यवसायीहरूका लागि यो प्लेटफर्मले सबै कारोबारहरूको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीहरूलाई एकीकृत प्रणालीमा समायोजन गर्नेछ। आधुनिक प्रविधि मार्फत वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेटपेलाई अधिक कार्यकुशल, लागत९प्रभावी र डिजिटलमैत्री साधन बनाएको छ।

एकै पटकमा धेरै भुक्तानी माध्यममा गेट्पेको पहुच स्थापना हुने हुदा जटिल भुक्तानी प्रणाली सहज हुनेछ। यो प्लेटफर्मले फरक भुक्तानी गर्ने माध्यमहरुलाई लागत(प्रभावी र भरपर्दो च्यानलमार्फत गतिशील रूपमा पठाउने सुविधा प्रदान गर्छ, जसले प्रयोगकर्तालाई छिटो, सजिलो र सहज भुक्तानीको अनुभव प्रदान गर्दछ। यसको नौलो प्रबिधि संरचनाले बैंकहरूलाई नयाँ भुक्तानी माध्यमहरु एकीकृत गर्न र बदलिंदो बजारको माग अनुसार सेवा प्रदान गर्न मद्दत गर्दछ।

बिज्ञापन

माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा सफलतापूर्वक समावेश गरिसकेको छ । यस प्लेटफर्मद्वारा बैंकका सम्पूर्ण भुक्तानी प्रणाली सहज गर्ने अभिन्न अंग बनेको छ। माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ टिम अनुसार, “गेटपेको माध्यमबाट हामीले व्यवसायीसँग सम्बन्धित सम्पूर्ण कारोबार र भुक्तानीहरू एकै ठाउँबाट हेर्न सक्ने सुविधा पाएका छौं, जसले बैंकको कार्यकुशलता अभिवृद्धि गर्नुका साथै ग्राहकलाई प्रदान गरिने सेवा अझ सरल र सबल बनाएको छ।”

नेपाल क्लियरिङ हाउसका प्रतिनिधि अनुसार यस साझेदारीमा सहभागी हुन पाएकोमा उत्साहित भएको र गेटपेले बलियो एकीकृत भुक्तानी पूर्वाधार निर्माण गरी नेपाललाई अन्तराष्ट्रिय फिनटेक बजारमा एउटा कोशे ढुंगा साबित गर्न सक्ने विश्वास लिएको बताउँछन्।

साथै यस कार्यक्रम बारे सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले भने, “नेपाली बैंकहरूलाई एकीकृत भुक्तानी प्रणालीलाई सशक्त बनाउने नवीनतम प्रबिधि प्रदान गर्ने दिशामा ऐतिहासिक नयाँ पाइला चालेका छौ। अबका दिनहरुमा नेपालका बैंक तथा बित्तिय संस्थाहरुको भुक्तानी व्यस्थापन तथा संचालनमा हाम्रो संस्थाको तर्फबाट अझै उलेख्य योगदान हुने बिश्वास दिलाउँछौं “

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते