होमपेज > नेपालमा पहिलो १००५ विद्युतीय पिकअप ‘Riddara’ सार्वजनिक हुने

नेपालमा पहिलो १००५ विद्युतीय पिकअप ‘Riddara’ सार्वजनिक हुने

बिज्ञापन
बिज्ञापन

नेपालमा पहिलो पटक पूर्ण रूपमा विद्युतीय पिकअप‘Riddara’ सार्वजनिक गर्ने तयारी भइरहेको छ। सीजी मोटर्सले नेपाली बजारमा १००५ विद्युतीय पिकअप ल्याउने घोषणा गरेको हो। विद्युतीय सवारीको बढ्दो मागलाई ध्यानमा राख्दै, कम्पनीले ‘Riddara’ पिकअप नेपाली उपभोक्ताका लागि उपयुक्त हुने विश्वास लिएको छ।

बिज्ञापन

बिज्ञापन

यस इभी (EV) पिकअपमा ७३ किलोवाट-आवर (kWh) क्षमताको ब्याट्री राखिएको छ, जसले पूर्ण चार्जमा ४२४ किलोमिटर रेन्ज दिने बताइएको छ। नेपालका भौगोलिक बनावट र सडक अवस्थालाई मध्यनजर गर्दै यस पिकअपमा सातवटा फरक ड्राइभिङ मोड उपलब्ध छन्, जसमा स्यान्ड, मड, अफ(रोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट(४डब्लुडी मोड रहेका छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा जस्ता प्रविधिहरू समेटिएको छ, जसले सुरक्षालाई थप मजबुत बनाउनेछ।

बिज्ञापन

सीजी मोटर्सका अनुसार‘Riddara’ पिकअप छिट्टै काठमाडौंको पानीपोखरी र थापाथलीस्थित शोरुममा उपलब्ध हुनेछ। ‘Riddara’ ले ग्राहकहरूलाई आफ्नै गाडीको मजबुती अनुभव गराउने उद्देश्यले 4WD Delivery र Adventure Drive कार्यक्रम समेत आयोजना गर्नेछ, जसअन्तर्गत प्रयोगकर्ताहरूले विभिन्न कठिन भूगोलमा गाडीको प्रदर्शन प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सहजता प्रदान गर्न पानीपोखरी र थापाथलीस्थित शोरुमबाट हरेक एक घण्टामा निःशुल्क शटल सेवा उपलब्ध हुनेछ। जसअन्तर्गत ग्राहकहरूले बिहान ११:०० बजेबाट शोरुममा गई परीक्षण गर्न सक्नेछन्।

नेपालमा विद्युतीय सवारी साधनको बढ्दो लोकप्रियता र सरकारको हरित ऊर्जा प्रवर्द्धन नीतिलाई मध्यनजर गर्दै ‘Riddara’ लाई नेपाली बजारमा ल्याउन लागिएको हो। कम्पनीले नेपाली उपभोक्ताका लागि वातावरणमैत्री तथा उच्च प्रदर्शन दिने इभी पिकअप प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते