बिज्ञापन
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको हो।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। बुधबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।








