होमपेज > गाउँपालिकाका अध्यक्षसहित तीनजनाविरुद्ध जाहेरी

गाउँपालिकाका अध्यक्षसहित तीनजनाविरुद्ध जाहेरी

बिज्ञापन
बिज्ञापन

सिराहाको औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काइएका तीनविरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी परेको छ ।

बिज्ञापन

पीडित दीपक मरिक(डोम)ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा जाहेरी दिएका हुन् । गाउँपालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो । जाहेरी परेको र कारबाही प्रक्रिया अघि बढाएको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले  जानकारी दिए ।

बिज्ञापन

‘जाहेरी परेको छ । जाहेरी अनुसार कारबाही प्रक्रिया अघि बढाएका छौं,’ एसपी पण्डितले भने । जाहेरी दिन दीपक मरिक दोमसहित दलित अगुवाहरू जिल्ला प्रहरी कार्यालय सिराहा पुगेका थिए । बाबा बजरंगीले भनेअनुसार गत फागुन १० गते गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलिप यादवले दीपक मरिक डोम परिवारको घर भत्काएका थिए ।

घटना सार्वजनिक भएपछि शुक्रबार नै गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलिप यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । सो घटना पश्चात् शुक्रबार मात्रै सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृहमन्त्रालयले तानिएको थियो । पालिका अध्यक्ष पक्राउ परेपछि धाक धम्कीका कारण डोमपरिवार विस्थापित भएको छ । राति पालिका अध्यक्ष यादवका छोरा रुकेश यादव सहित केही व्यक्तिहरू पुगेर डोम परिवारलाई धम्काएका थिए ।

बिज्ञापन

त्यसपछि दीपक मरिक उनकी श्रीमती अनिता अन्यत्र शरण लिएका छन् भने उनका बालबच्चाहरू प्रहरी चौकीमा रात बिताएका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते