नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला ४ हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार रूपैयाँमा कारोबार भएको थियो।








