होमपेज > लद्दाखमा ५.२ म्याग्निच्युडको भूकम्प

लद्दाखमा ५.२ म्याग्निच्युडको भूकम्प

बिज्ञापन
बिज्ञापन

लद्दाखको कारगिल क्षेत्रमा शुक्रबार बिहान भूकम्प गएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५।२ म्याग्निच्युडको भूकम्प गएको हो।

बिज्ञापन

भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि महसुस भएको थियो। मानिसहरु मस्त सुतिरहेका बेला भूकम्पको झड्का महसुस भएको थियो। उनीहरु आत्तिँदै घर बाहिर निस्किएका थिए। भारतीय मिडियाहरुका अनुसार भूकम्पले मानवीय क्षति भएको छैन। तर केही कमजोर पर्खाल र घरहरु भत्किएका छन्।

बिज्ञापन

भारतका भूगर्भविदहरुले विगतका भूकम्प, भूकम्पीय गतिविधि र टेक्टोनिक संरचनाको आधारमा भूकम्प सम्भावित क्षेत्र पहिचान गरी भारतलाई चार क्षेत्रमा विभाजन गरेका छन्। बढी जोखिमदेखि कम जोखिमलाई जनाउने गरी क्रमशः पाँचौं, चौथो, तेस्रो र दोस्रो भागमा विभाजन गरिएको हो। यसरी पाँचौं जोनलाई सबैभन्दा बढी जोखिम र दोस्रो जोनलाई सबैभन्दा कम जोखिमयुक्त क्षेत्र भनेर बुझिन्छ। लद्दाख भूकम्पीय क्षेत्र चौथोमा पर्दछ।

टेक्टोनिक रुपमा सक्रिय हिमालय क्षेत्रमा भएकाले लद्दाख क्षेत्रमा भूकम्प बेलाबेला आइरन्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते