होमपेज > आजबाट पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु

आजबाट पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु

बिज्ञापन
बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलन उदघाटन गरेका छन्।

बिज्ञापन

श्रम मन्त्रालयले ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ। यो सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए।

बिज्ञापन

सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता छ। साथै स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराइने मन्त्रालयले जनाएको छ।

नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको सन्दर्भमा आयोजित सम्मेलनले रोजगारी सिर्जना गर्न योगदान पुग्ने मन्त्रालयको विश्वास छ। मन्त्रालयले २०५४ सालमा पहिलोपटक श्रम तथा रोजगार सम्मेलन आयोजना गरेको थियो। आजबाट सुरु पाँचौं सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम मन्त्री शरतसिंह भण्डारी, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र डा. युवराज खतिवडा लगायत सहभागी छन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते