ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ योजना ल्याएको छ।
बिज्ञापन
महिला उद्यमीलाई वित्तीय सहजीकरण गर्ने उद्देश्य सहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी नयाँ कर्जा योजना ल्याइएको ब्यांकले जनाएको छ। महिलाले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई विशेष प्रथमिकता दिई कर्जा प्रदान गर्नेछ।
बिज्ञापन
यस योजना अन्तर्गत न्यूनतम ब्याजदरमा महिला उद्यमीलाई १० करोड रुपैयाँसम्म कर्जा दिइने ब्यांकले जनाएको छ। महिलाको कम्तीमा ५० प्रतिशत स्वामित्व भई महिलाकै नेतृत्वमा व्यवसाय संचालन भएका व्यवसाय मात्र यस कर्जाका लागि योग्य हुनेछन्।








