दाङमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
बिज्ञापन
घोराही उपमहानगरपालिका-१० झारबैरा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगी रहेका छन् । उनलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै, थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-१० झारबैरा चोकमा मेडिकल सञ्चालन गरी बस्ने सोही उपमहानगरपालिका-१६ घर भएका इन्द्रबहादुर विकको मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात् प्रहरीले मेडिकल सञ्चालक विकलाई पनि पक्राउ गरेको छ ।
मेडिकल तलासी गर्दा ट्रामाडोल ५ सय ५९ क्याप्सुल, अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २९ हजार रूपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।








