होमपेज > अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा उपविजेता भएसँगै नेपाल १३औं पटक फाइनलमा निराश

अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा उपविजेता भएसँगै नेपाल १३औं पटक फाइनलमा निराश

बिज्ञापन
बिज्ञापन

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। नेपाल फाइनलमा पराजित भएको यो १३औं पटक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा १३औं पटक फाइनल खेल्दा पनि नेपालले जितको स्वाद चाख्न पाएको छैन ।

बिज्ञापन

बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनु परेको हो। यससँगै नेपालले औपचारिक र अनौपचारिक प्रतियोगिता गरी १३ वटा फाइनलमा हार बेहोर्ने नमिठो यथार्थ आत्मसात गर्नपर्‍यो। नेपालले सन् २०१० यता छ वटा महिला साफ च्याम्पियनसिप, तीन वटा साग गेम्स, एक वाफ विमेन्स च्याम्पियनसिप र अन्य तीन वटा अनौपचारिक प्रतियोगिताको फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन।

बिज्ञापन

बुधबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा दुई गोल खाएको थियो। खेलको ६२ मिनेटमा म्यानमारले अग्रता लिएको थियो। उसका लागि नो पो खिनले गोल गर्दै दशरथ रंगशालामा उपस्थित १५ हजार ५ सय बढी घरेलु दर्शकलाई स्तब्ध पारिन्। उनले डिबक्स नजिकबाट बल कुदाएर दोस्रो बार च्याप्दै बललाई जाली चुमाउँदा नेपाल दर्शक शान्त हुन बाध्य भए।

दुई खेल मिनेटपछि म्यानमारले अग्रता दोब्बर पार्‍यो। म्यानमारकी कप्तान विन तुनले डिबक्स नजिकबाट हानेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो। नेपालकी डिफेन्डर गीता रानाले एन्जिलाको खुट्टाबाट फुत्किएको बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन्। त्यसअघि खेलको १० औं मिनेटमा एन्जिलाले यन वादीको प्रहार विफल पारिन्। २४ मिनेटमा नेपालकी डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गर्दै नेपालको संकट टारिन्। त्यसअघि म्यानमारकी सान्थ्वाले डिबक्स भित्रबाट सशक्त प्रहार गरेकी थिइन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते