अन्तर्राष्ट्रिय महिला च्याम्पियन्समा फाइनल खेल आज हुँदैछ।
बिज्ञापन
बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइलन खेल हुँदैछ। प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग चरणमा कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक अर्कासँग भिड्नुअघि नै फाइनलमा स्थान सुरक्षित गरेका थिए।
बिज्ञापन
लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेले। त्यतिबेला सविता रानामगर र सावित्रा भण्डारीले गोल गरेका थिए। खेलमा नेपालले अधिकांश समय म्यानमारलाई दबाबमा राखेको थियो। आज दुवै टोली खेल जितेर अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहनेछ।








