होमपेज > दुबई पुगेका ४५ जना नेपाली युवा अलपत्र

दुबई पुगेका ४५ जना नेपाली युवा अलपत्र

बिज्ञापन
बिज्ञापन

आकर्षक रोजगारीको प्रलोभनमा परी संयुक्त अरब इमिरेट्सको दुबई पुगेका ४५ जनाभन्दा बढी नेपाली युवा अलपत्र परेका छन् । ललितपुर कुपण्डोलस्थित एक म्यानपावरमार्फत ४८ दिनअघि दुबई पुगेका उनीहरूले सम्झौताअनुसारको काम र तलब नदिएपछि समस्यामा परेको भन्दै उद्धारका लागि हारगुहार गरेका हुन् ।

बिज्ञापन

समस्यामा परेकामध्ये कृष्ण भण्डारीका अनुसार नेपालमा मेनपावरले सम्झौता गर्दा प्याकिङको काम भनेर पठाएको तर दुबई पुगेपछि क्लिनरको काममा लगाएको र ८ घण्टा ड्युटी भने पनि १२–१३ घण्टा ड्युटीमा खटाउने गरिएको बताएका छन् । तर, वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले समस्यामा परेर कुनै पनि उजुरी विभागमा नपरेको बताउनुभयो । उहाँले समस्यामा परेको आफन्तले उजुरी दिए समस्याको समाधान गरिदिने बताउनुभयो । पीडितका अनुसार दुबई आबुधाबीमा ४०–४५ जना जति श्रमिक रहेका छन् । उनीहरूले मेनपावरले भनेअनुसार काम नदिएको बताएका छन् । क्लिनरका रूपमा १२ घण्टा काम गर्नुपर्ने, १० घण्टा ड्युटी एक घण्टा खानाको टाइम भनेर पठाएको पाइएको छ । श्रमिकहरूलाई ओभरटाइमको पैसा पनि नदिने गरेको पाइएको छ ।

बिज्ञापन

श्रम स्वीकृतिको पेपरमा ८ घण्टा लेखिए पनि १६ घण्टा ड्युटीमा खटाउने गरेको पाइएको छ । ‘हामीलाई जसरी भए पनि उद्धार गर्नुहोस्, नेपाल फर्कन चाहन्छौं, सम्झौतापत्रमा सातामा एक दिन छुट्टी भनेको थियो तर त्यो छुट्टी पनि छैन,’ एक पीडितले भने– ‘महिनामा एक दिनमात्र छुट्टी दिने रहेछ । त्यो पनि कुनै लोकेसनमा त महिनामा दुई दिनमात्र रहेछ ।’ ‘बिरामी हुँदा पनि ड्युटी जानैपर्छ नत्र भने डिपोर्ट पेपरमा सिक्नेचर गर अनि सुतेर बस भन्छ’ –भण्डारीले नेपाल समाचारपत्रलाई भन्नुभयो । हामीसँग कुनै पनि कार्ड छैनन् तर क्याम्पले मेडिकल कार्ड मागेको छ । मेडिकल पेपर ले अनिमात्र बिरामी भएको हो भन्छु नत्रभने तिमीहरू काममा जानैपर्छ भनेर कम्पनी प्रशासनले दबाब दिने गरेको पीडितले बताएका छन् ।

‘फ्री भिसा’ र ‘फ्री टिकट’ भए पनि मेनपावरलाई प्रतिव्यक्ति २ लाखदेखि २ लाख ४० हजार रुपियाँसम्म तिरेर दुबई पुगेको पीडितले बताएका छन् । उनीहरूले आफूहरूलाई तत्काल सकुशल नेपाल फर्काइदिन रियादस्थित नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई सञ्चार माध्यममार्फत आग्रह गरेका छन् । हामीलाई मेनपावरले भनेभन्दा बढी ड्युटी भएको र ओभरटाइमको पैसा नपाएको हुनाले अब यहाँ काम गर्न नसक्ने भयौँ,’ उनीहरू भन्छन्– ‘त्यसैले हामीलाई उद्धार गर्नुहोस् ।’ सम्झौताअनुसारको काम नपाएपछि मेनपावरलाई कुरा गर्दा कहिले भोलि, कहिले पछि गर्दिन्छु भन्दै दुई साता बितिसक्दा पनि कुनै वास्ता नगरेको पीडितको गुनासो छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते