काठमाडौंको बालाजुबाट आइतबार बिहान नेपाली सेनाका उपसेनानी पक्राउ परेका छन् ।
बिज्ञापन
लुटपाटमा सघाएको आरोपमा उपसेनानी आदर्श देवकोटा पक्राउ परेका हु्न् ।प्रहरी स्रोतका अनुसार उनको मोटरसाइकलमा सवार युवकले बसपार्कमा एक महिलाको झोला तानेर भागेका थिए।
बिज्ञापन
ती युवक फरार छन् । उपसेनानी देवकोटाले भने ती व्यक्तिलाई आफूले नचिन्ने र मोटरसाइकलमा लिफ्ट मात्र दिएको बताएका छन्। बसपार्क प्रभागले थुनामा राखेर उनलाई आइतबार नै सैनिक प्रहरीको जिम्मा लगाएको छ ।








