अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागु हुने गरी मूल्य बढाएको हो ।
बिज्ञापन
नेपाल लेयर्स कुखुरापालक संघको आइतबार बसेको बैठकले सोमबार (आज) बाट अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ।अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट ३९०, ठूलो अण्डा ४१० र एक्स–एल अण्डा प्रतिक्रेट ४२५ रूपैयाँ पुगको छ।
बिज्ञापन
यसअघि मध्यम अण्डा प्रतिक्रेट ५५०, ठूलो अण्डा ३७० र एक्स–एल अण्डा प्रतिक्रेट ३८५ रूपैयाँ पर्ने भएको छ। यो किसानले पाउने मूल्य हो। खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रूपैयाँ छ। शुक्रबार मूल्य समायोजन गर्न घटाइएकोमा सोमबारबाट बढाउने संघले बताएको छ।








