होमपेज > यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरू

यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरू

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाटरसंवाद गर्ने गरी ‘सर्वांगीण संवाद’ गर्ने भएको।

बिज्ञापन

बिहीबार बसेको रास्वपा सचिवालय बैठकले पार्टीका केन्द्रीय पदाधिकारीको संलग्नतामा यही फागुन तेस्रो सातादेखि सर्वांगीण संवाद गर्ने निर्णय गरेको हो। यो कामका लागि पार्टीले प्रदेश समितिलाई निर्देशन पनि दिएको छ। बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका थिए।पार्टीले सदनमा उठाउनुपर्ने राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा सुझाव लिँदै सदनलाई जनता तथा राष्ट्रप्रति थप जबाफदेयी बनाउन प्रयत्नशील रहने विषयमा छलफल गरिएको रास्वपाले जनाएको छ।

बिज्ञापन

बैठकले पार्टीका विविध गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निम्न नियमावली तथा कार्यविधिहरू पारित गरेको छ।

.प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१
.र्‍यापिड एक्सन टिम (र्‍याट) नियमावली २०८१
.सम्पर्क विभाग नियमावली २०८१
.निर्वाचन आयोगको नियमावली २०८१
.पालिका अधिवेशन कार्यविधि २०८१

बिज्ञापन

पार्टीको केन्द्रीय सदस्यहरूको राजनीतिक अभिमुखीकरणका लागि फागुन ९ र १० गते हुन गइरहेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारी भइरहेको जनाउँदै क्रमश: प्रदेश, जिल्ला र पालिका तहसम्म यस्तो प्रशिक्षण सञ्चालन गर्दै जाने रास्वपाले जनाएको छ।

त्यस्तै पार्टीको केन्द्रीय संगठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको छ। बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिस बमोजिम कविन्द्र कार्की (काठमाडौं) र राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन गरिएको छ। पार्टीका पदाधिकारी तथा सदस्यहरूको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कार्यविधि तयार गरी १५ दिनभित्र पेस गर्ने निर्णय पनि भएको रास्वपाले जनाएको छ।

‘त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा आउँदो चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विशुद्ध विद्यार्थीहरू मात्र संलग्न हुनुपर्ने, शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकोले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने, साथै पार्टीको कुनै संलग्नता समेत रहने छैन। उक्त विद्यार्थी युनियनको चुनावलाई स्वस्थ रूपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपील गर्छौं,’ पार्टीका कार्यवाहक महामन्त्री‍ कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते