होमपेज > मुकुम्लुङ केबलकारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतोको पदयात्रा

मुकुम्लुङ केबलकारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतोको पदयात्रा

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथिभरा मन्दिरसम्म विरोध पदयात्रा सम्पन्न भएको छ।

बिज्ञापन

यस पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए । पदयात्रामा अध्यक्ष महतोसहित पार्टीका नेता रमन पाण्डेय, अनुप सुब्बा, सीएम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारीलगायत स्थानीय नेता–कार्यकर्ता, मुकुम्लुङ केबलकार सङ्घर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागिता थियो।

बिज्ञापन

यस पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले जनाएको छ। सहभागीहरूले सो परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएको अध्यक्ष महतोले बताए।

अध्यक्ष महतोले भने ‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन। जबसम्म केबलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो सङ्घर्ष जारी रहनेछ।’ नेताहरूले नेपाल सरकारलाई सचेत गराउँदै केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेको उनले बताए । राज्यले आफूहरूको कुरा नसुने आन्दोलन थप सशक्त बनाइने चेतावनी उनले दिएका छन्।

बिज्ञापन

केबलकार परियोजनाले स्थानीय धार्मिक स्थलहरूमा हस्तक्षेप गर्न सक्ने खतरा रहेको त्यहाँका स्थानीयहरू चिन्ता व्यक्त गरेका छन्। केबलकार परियोजनाको कार्यान्वयन भएमा यसले पर्यटन प्रवर्द्धन गर्न सक्ने सम्भावना रहेपनि त्यसले स्थानीय संस्कृति र सभ्यतामा पर्ने नकारात्मक प्रभावलाई लिएर स्थानीयवासीहरू चिन्तित रहेको बताउँछन्।

यस पदयात्राले मुकुम्लुङ क्षेत्रमा केबलकार परियोजनाको विरोधमा स्थानीयवासी तथा राष्ट्रिय नेताहरूको एकजुट देखाएको छ। नेपाल सरकारलाई परियोजना रोक्न अनुरोध गर्दै स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते