होमपेज > चन्दा उठाएको आरोपमा नयाँ बानेश्वरबाट एक जना पक्राउ

चन्दा उठाएको आरोपमा नयाँ बानेश्वरबाट एक जना पक्राउ

बिज्ञापन
बिज्ञापन

चन्दा उठाएको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना व्यक्ति पक्राउ परेका छन्।

बिज्ञापन

पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो। नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)को कार्यकर्ता हुँ भनी विभिन्न ठाउँबाट चन्दा उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरी अभिलेख अनुसार राई यसअघि प्रहरी वृत्त नयाँ बानेश्वरलगायत विभिन्न प्रहरी कार्यालयबाट हात हतियार खरखजना, बैंकिङ कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान भएको देखिएको छ। उनको साथबाट नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) लेखेको पर्चा पम्प्लेटहरु, सोही पार्टीको लेटरप्याडमा आर्थिक भौतिकरनैतिक सहयोग गर्नेबारे भन्ने व्यहोराको पत्रहरु, स्पष्टीकरण सोधिएको भन्ने व्यहोराको पत्र बरामद भएको छ।

यसका साथै खाली लेटरप्याडहरु, न्याय पाउ भन्ने व्यहोराको कविता नेपाली र प्रविण नेपालीको नामको निवेदनहरू, प्रेस विज्ञप्ति, स्टाम्प (छाप), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (बिद्रोही) लेखको सहयोग रसिद (ठेली) दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते