होमपेज > राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन

राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन

बिज्ञापन
बिज्ञापन

चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्न सफल भयो।

बिज्ञापन

दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदकb जित्यो। एपिएफले ५० हजार हात पार्यो। त्रिभुवन आर्मी क्लब तेस्रो भयो। उसले २ स्वर्ण ३ रजत र ५ कास्य गरी १० पदक प्राप्त गर्यो। उसलाई २५ हजार प्रदान गरियो।‌ प्रतियोगितामा पुरूषतर्फ एपिएफका मोहम्मद शेखु आलम र माहिलातर्फ पुलिसकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए। दुवैलाई जनही २५ हजार प्रदान गरियो।

बिज्ञापन

प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुषतर्फ र महिलातर्फ कर्णालीकी प्रियंका शाही उदयीमान खेलाडी बने।‌ उनीहरूलाई अन्तराष्ट्रिय स्तरको खेल सामाग्री प्रदान गरिएको छ। बागमती प्रदेश अनुशासित टिम बन्यो। प्रतियोगिताको अन्तिम दिन आज महिला ६८ केजी माथीको तौल समुहमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरूङले स्वर्ण पदक जितिन्। उनले फाइनलमा बागमतीकी महिमा राईलाई ८-० को फराकिलो अन्तरले पराजित गरिन्। गण्डकीकी सुनिता थापाले कास्य हात पारिन्।

६८ केजीमुनि पुलिसकी रोजिता ढुङ्गेल पहिलो भईन्। उनले प्रतिस्पर्धात्मक फाइनलमा आर्मीकी सानु तामाङलाई ४-३ को स्कोरमा पाखा लगाइन्। एपिएफकी बिनिता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृती दुम्जनले कास्य पदक प्राप्त गरे। महिला ५० केजीतर्फ आर्मीकी प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रिती तामाङलाई १२-२ को सहज सकोरले पराजित गर्दै स्वर्ण पदक हात पारिन्। एपिएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भए। पुरूष ६० केजीमा एपिएफका मीन बहादुर तामाङले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका राकेश लामालाई ९-१ को स्कोरमा माथ दिए। बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरूङ तेस्रो भए।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते