होमपेज > २० किलो लागुऔषध चरेससहित ४ जना पक्राउ

२० किलो लागुऔषध चरेससहित ४ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

प्रहरीले भैरहवामा २० किलो लागुऔषध चरेस बरामद गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नं. ८ लुम्बिनी रोडमा रहेको चन्द्रसूर्य होटलबाट उक्त चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान प्रहरी टोलीले होटलभित्र लुकाएर राखेको अवस्थामा चरेस बरामद गरेको थियो।

बिज्ञापन

बरामद गरिएको चरेसलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाका प्रमुख सागर भट्टराईले विशेष सुराकीको आधारमा २० किलो चरेससहित त्यसमा संलग्न चार जना कारोबारीलाई पक्राउ गरिएको बताए। उनीहरूको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ गर्ने क्रममा एक जना कारोबारी भने फरार भएका छन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले पनि चार जनालाई पक्राउ गरिएको र फरार रहेकाको खोजी भइरहेको बताए। प्रहरीका अनुसार पक्राउ परेका चार जना युवक धादिङको गजुरीका हुन्। बरामद गरिएको चरेसको बजार मूल्य नेपालमा ९ लाख रुपैयाँभन्दा धेरै पर्छ।

नेपालमा भन्दा चरेसको मूल्य भारतमा अत्यधिक धेरै पर्ने गर्छ। भारतमा मूल्य धेरै पर्ने भएकोले धादिङको गजुरीबाट भैरहवा हुँदै भारततर्फ लैजाने क्रममा उक्त परिमाणको चरेस बरामद भएको हो। बुधबार होटलको एउटा कोठा उनीहरूले बुक गरेका थिए। होटलमा कोठा बुक गरिएको विवरणमा पुस्तिकामा काठमाडौं महानगरपालिका बालाजु बस्ने सुजन लामा र धादिङ गजुरी गाउँपालिका–८ का दिपक तामाङको नाम लेखिएको छ।

बिज्ञापन

पक्राउ गरिएका चारै जना युवा चरेसको कारोबारी भएको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते