होमपेज > कार्यसम्पादनमा स्याङ्जाको कालिगण्डकी गण्डकीकै सर्वोत्कृष्ट

कार्यसम्पादनमा स्याङ्जाको कालिगण्डकी गण्डकीकै सर्वोत्कृष्ट

बिज्ञापन
बिज्ञापन

कार्यसम्पादन मूल्यांकनको आधारमा स्याङ्जाको कालिगण्डकी गाउँपालिका गण्डकी प्रदेशकै सर्वोत्कृष्ट भएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कालिगण्डकीले ७८.२ अंक प्राप्त गर्दै सर्वोत्कृष्ट बनेको हो।

बिज्ञापन

आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्यांकन गरेर नतिजा निकालिएको हो। गण्डकीका १४ वटा पालिकाले ७० अंक पार गरेका छन्। स्याङ्जाकै आँधिखोला गाउँपालिकाले ७८ अंक पाएको छ भने फेदीखोलाले ७७.९ अंक प्राप्त गरेको छ। लमजुङको बेंसीशहर नगरपालिकाले ७४।७, स्याङ्जाको विरुवा गाउँपालिकाले ७४.३, वालिङ नगरपालिकाले ७३.७, पर्वतको महाशिला गाउँपालिकाले ७३.६, नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले ७३.२ अंक पाएको छ।

बिज्ञापन

हिमाली जिल्लाहरुमा मनाङको नार्पाभूमि गाउँपालिका सबैभन्दा उत्कृष्ट बनेको छ। नार्पाभूमिले समग्रमा ७३ अंक पाएको हो। यता स्याङ्जाकै पुतलीबजारले ७१.५, नवलपुरको देवचुली नगरपालिकाले ७१.४, तनहुँको भानु नगरपालिकाले पनि ७१.४ अंक पाएको छ भने नवलपुरको गैँडाकोटले ७०.९ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ७०.८ नम्बर ल्याएको छ। गण्डकी प्रदेशमा म्याग्दीको धवलागिरि गाउँपालिकाले सबैभन्दा कम ४०.९ अंक पाएको छ।

कार्यसम्पादन मूल्यांकनमा महानगरपालिका तर्फ भरतपुरले सर्वाधिक ७६.२ अंक पाएको छ। पोखरा महानगरपालिकाले भने जम्मा ५१.५ अंक प्राप्त गर्दै महानगरको सूचीमा दोस्रो कमजोर पालिका बनेको छ। पोखराभन्दा पछाडि वीरगन्ज महानगरको अंक ४३.१ छ। विराटनगरले ७३.५, ललितपुरले ६६.७ र काठमाडौँ महानगरले ५४.३ अंक पाएको आयोगको रिपोर्टमा उल्लेख छ।

बिज्ञापन

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा भने पोखरा महानगरपालिका र ललितपुर महानगरपालिकाले सर्वाधिक अंक ल्याएर पहिलो बनेका छन्। दुबै पालिकाले ९३.५ प्रतिशत प्राप्त गरेका हुन्। यस्तै, विराटनगरले ८९.७५, भरतपुरले ८९.५, काठमाडौँले ८२.७५ र वीरगन्जले सबैभन्दा कम ६८.५ प्रतिशत पाएको छ।

प्रदेशहरूको कार्यसम्पादन सूचीमा पनि गण्डकीको कमजोर उपस्थिति देखिएको छ। सर्वाधिक अंक ल्याएको सुदूरपश्चिमले ५१।६ पाउँदा चौथो नम्बरमा रहेको गण्डकीले ४०.८ अंक पायो। सबैभन्दा कमजोर मधेस प्रदेशले ३० अंक मात्रै पाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते