बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि नेपाल राष्ट्र बैंकले आज १ खर्ब निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।
बिज्ञापन
राष्ट्र बैंकका अनुसार यो रकमको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते गरिनेछ । बैंकहरूमा अहिले ७ खर्बभन्दा बढी रकम कर्जा लगानीका लागि रहेकाले रकम सङ्कलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । कर्जाको माग नभएपछि बजारको सन्तुलन कायम गर्न राष्ट्र बैंकले बेलाबेला निक्षेप सङ्कलन गर्दै आएको छ ।
बिज्ञापन









