काभा महिला नेसन्स लिग भलिबलमा नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३ – ० को सोझो सेटबाट पराजित गरेको छ।
बिज्ञापन
दशरथ रङ्गशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २५- ८, २५ -१९ र २५ -१८ हराएको हो ।यो जितपछि नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार नै भएको खेलमा भारतले श्रीलङ्कालाई २५-१३, २५-२१ र २५-२० ले हराए पछि समूह चरण नेपाल दोस्रो भएको हो ।
बिज्ञापन
आइतबार दशरथ रङ्गशालाको कभर्ड हलमा इरानले नेपाललाई ३(२ को नतिजामा हराएको थियो । जारी प्रतियोगितामा नेपालले भारत ,श्रीलङ्का र माल्दिभ्सलाई हराएको हो ।पाँच टोली सहभागी यो प्रतियोगितामा माल्दिभ्स एउटै खेल नजिती समूह चरणबाटै बाहिरिएको छ ।








