आफ्ना ग्राहकहरूलाई वाइफाइ इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवाको सुरुवात गरेको छ । नयाँ प्रविधिमा आमउपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने प्रयासस्वरुप एनसेलले यो सेवा सुरु गरेको हो ।
बिज्ञापन
भोवाइफाइले ग्राहकहरूलाई कुनै पनि भरपर्दो वाइफाइ इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ । वाइफाइ कलिङका नामले पनि चिनिने भोवाइफाइ सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तैस घर अथवा ठूला बिल्डिङका बेसमेन्टहरू र दुर्गम स्थानहरूमा सेवा लिनसमेत प्रयोग गर्न सकिन्छ ।
बिज्ञापन
प्रारम्भिक चरणमा हाललाई एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको एनसेलले जनाएको छ । इनसेलका अनुसार यो सेवा लिँदा अतिरिक्त शुल्क लाग्दैन । ग्राहकहरूले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन् ।
भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भएजस्तै भोवाइफाइका लागि भरपर्दो वाइफाइ कनेक्सनको आवश्यकता पर्छ । कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दागर्दै मोबाइल नेटवर्क भएको स्थानमा पुगेमा बिनाकुनै व्यवधान भोवाइफाइबाट मोबाइल नेटवर्कमा स्वतःस्विच हुने यो प्रविधिको एक मुख्य विशेषता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरूका लागि धेरै फाइदा पुर्याउँछ ।
बिज्ञापन
भोवाइफाइ सेवाका साथग्राहकहरूलाई मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरूमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाइफाइ सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, शाओमी, ओप्पो र भिभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना रहेको एनसेलले जनाएको छ ।








