होमपेज > सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन
बिज्ञापन

सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।

बिज्ञापन

बैंकले केही संख्यामा शाखा प्रबन्धक र रिलेसनशिप म्यानेजर, लिगल अफिसर र गोल्ड टेस्टर पदमा कर्मचारी माग गरेको हो। शाखा प्रबन्धक पदमा आवेदन दिन इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्नेछ।

बिज्ञापन

साथै, बैंक वा वित्तीय संस्थाहरूमा क्रेडिट र मार्केटिङका क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव भएकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ। रिलेसनशिप म्यानेजरको बैंक वा वित्तीय संस्थामा क्रेडिट र मार्केटिङ क्षेत्रमा तीन वर्षभन्दा बढीको कार्यानुभव भएको हुनु पर्नेछ। बिएफआईमा आरएम–क्रेडिट वा जोखिम अधिकृतको रूपमा सेवा काम गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।

साथै, उसले व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्नेछ। यस्तै, लिगल अफिसरले मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन विषयमा कम्तीमा ४५ प्रतिशत अंक ल्याएर स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।

बिज्ञापन

कानुनरक्रेडिट विभागमा कर्मचारी वा शाखा प्रबन्धकको रूपमा कम्तीमा २ वर्षको कार्य अनुभव हुनुपर्नेछ। गोल्ड टेस्टर पदमा आवेदन दिनेले +२ वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।

यस्तै, कुनै पनि बैंक वा वित्तीय संस्थाहरूमा सुनको परीक्षकको रूपमा काम गरेको वा सुन पसलमा कम्तीमा २ वर्ष वा ३ वर्ष काम गरेको अनुभव भएको हुनु पर्नेछ। शाखा प्रबन्धक र लिगल अफिसरको हकमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र रिलेसनशिप म्यानेजर र गोल्ड टेस्टरको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा ५ वर्ष थप हुनेछ।

इच्छुकले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते