त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बेचुलर अफ इन्फरमेशन टेक्नोलोजी (बीआईटी) नतिजा प्रकाशन गरेको तीन महिना पुरा भएको छ।
बिज्ञापन
गत साउन महिनामा सञ्चालन भएको चार वर्षे स्नातक तह बीआईटी चौथो वर्षको परीक्षाफल कात्तिक २९ गते प्रकाशन गरेको थियो। तर, यसको ट्रान्सक्रिप्टको नमुना भने अझै बन्न सकेको छैन। त्रिभुवन विश्वविद्यालयले २०७६ सालमा पहिलो पटक बीआईटी कोर्षको पठनपाठन थालेको थियो। २०८१ मा पास आउट भएका विद्यार्थीहरूलाई कुन खालको ट्रान्सक्रिप्ट दिने हो त्यसको नमुना समेत नबन्दा अहिलेसम्म विद्यार्थीहरूले ट्रान्सक्रिप्ट पाउन सकेका छैनन्।
बिज्ञापन
चार वर्षे स्नातक तह सकेर खुसी भएका विद्यार्थीहरू ट्रान्सक्रिप्ट नपाएपछि निराश बनेका छन्। ट्रान्सक्रिप्ट नै नपाएपछि थप अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीहरू त्यसबाट वञ्चित भएका छन्। त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट अन्यत्र पढ्न जान चाहने विद्यार्थीहरू समेत पढ्न जान सकेका छैनन्। ‘अस्ट्रेलिया पढ्न जान खोजेको थिए। त्यसका लागि अन्तर्वार्ता थियो । तर, ट्रान्सक्रिप्ट नै नभएपछि अन्तर्वार्ता हुन पाएन। मैले अस्ट्रेलिया जाने अवसर गुमाए,’ एक विद्यार्थीले भने।
ट्रान्सक्रिप्ट नहुँदा अगाडिको बढाई समेत अगाडि बढाउन नसकिएको ती विद्यार्थीको भनाइ छ। चितवनकी विद्या भण्डारीले ट्रान्सक्रिप्ट नहुँदा केही गर्न नसकिएको बताइन। अहिले घरमै ट्रान्सक्रिप्टको पखाईमा रहेको उनको भनाइ छ।
बिज्ञापन
चार वर्ष अगाडी कोर्ष सुरु गर्ने बेलामा नै ट्रान्सक्रिप्ट तयार गर्नुपर्नेमा अहिलेसम्म समेत नबनाएको उनको भनाई छ। नतिजा प्रकाशन भएसँगै विद्यार्थीहरू परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका थिए। तर, त्यहाँका कर्मचारीहरूले १० दिनमा हुन्छ भनेर फर्काइदिएका थिए। त्यसपछि १० दिनपछि विद्यार्थीहरू पुनः पनिका गए। तर, त्यो बेला कर्मचारीहरूले अझै १५ दिन लाग्ने बताएर रित्तो हात फर्काइदिए।
अहिले केही दिन अगाडि जाँदा २/३ दिनमा हुन्छ भनेका थिए। तर, अहिलेसम्म केही नभएको भण्डारीको भनाइ छ। परीक्षाफल प्रकाशित भएको ३ महिना भई सक्दा पनि ट्रान्सक्रिप्ट लिन जाँदा पनि अझै मोडल बनेको छैन भनेर फर्काउने काम भइरहेको उनको भनाइ छ।
त्रिवि अन्तर्गत विभिन्न सातवटा कलेजमा बीआईटी पढाई हुँदै आएको छ। जसअनुसार महेन्द्रनगर कञ्चनपुरको सिद्धनाथ साइन्स क्याम्पस, नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, पाटनको पाटन बहुमुखी क्याम्पस, ठमेलमा रहेको अमृत साइन्स क्याम्पस, भक्तपुरको भक्तपुर बहुमुखी क्याम्पस र भैरहवाको भैरहवा बहुमुखी क्याम्पस रहेका छन्। जहाँ हरेक वर्ष २०० को हाराहारीमा विद्यार्थीहरू उक्त कोर्स पढ्दै आएका छन्। तर, चौथो वर्ष अर्थात् आठौँ सेमिस्टर पास गरिसकेका विद्यार्थीहरूले भने ट्रान्सक्रिप्ट पाउन नसकेका हुन्।
ट्रान्सक्रिप्टबारे बुझ्न महेन्द्रनगर, नेपालगन्ज, चितवन लगायतका ठाउँबाट विद्यार्थीहरू बल्खु धाउने गरेका छन्। तर, अझै पनि ट्रान्सक्रिप्ट बन्न सकेको छैन। ट्रान्सक्रिप्ट बन्न ढिलाइ हुनुमा त्रिवि प्राज्ञिक परिषद्बाट पास नहुनु हो। ट्रान्सक्रिप्टको नमुना पटक–पटक पास गराउनका लागि पठाउँदा समेत पास नभएपछि विद्यार्थीहरूलाई ट्रान्सक्रिप्ट वितरणमा ढिलाइ भएको पनिकाले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले हिजो मात्रै प्राज्ञिक परिषद्बाट पास भएको र अबको २/३ दिनबाट वितरण थालिने बताए। ‘हिजो मात्रै परिषद्बाट पास भएर आएको छ। अब १२ दिन प्रिन्ट गर्न समय लाग्छ। त्यसपछिबाट वितरण गर्छौ,’ जोशीले भने।








