नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँ पुगेको छ। आइतबार सुन एक लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।








