होमपेज > काठमाडौंमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते

काठमाडौंमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते

बिज्ञापन
बिज्ञापन

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन्। आज (बिहीबार) बिहान पौने ९ बजेको समयमा ग्यास विष्फोट हुँदा १४ जना घाइते भएका हुन्। तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्।

बिज्ञापन

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

बिज्ञापन

उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ। सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ। त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ। घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते