होमपेज > जसपा नेपालद्धारा ‘टास्क फोर्स’ गठन

जसपा नेपालद्धारा ‘टास्क फोर्स’ गठन

बिज्ञापन
बिज्ञापन

जनता समाजवादी (जसपा) नेपालले टास्को फोर्स गठन गरेको छ।

बिज्ञापन

माघ १९ गतेदेखि तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले दुइटा टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो। बैठकपछि जसपा नेपालले परिपत्र जारी गरी चार सदस्यीय विशेष टास्क फोर्स र तीन सदस्यीय टास्क फोर्स गठन गर्ने निर्णय भएको जनाएको हो।

बिज्ञापन

विशेष टास्क फोर्समा पार्टी उपाध्यक्ष राजकिशोर यादवलाई संयोजक बनाइएको छ। विशेष टास्क फोर्समा खालिद सिद्धिकी, मनिषकुमार सुमन र शैलेन्द्र प्रसाद साह सदस्य छन्। विशेष टास्क फोर्सलाई काठमाडौं उपत्यकामा आएर बसोबास, काम र व्यवसाय गरिरहेका मधेसी समुदायका मानिसहरूलाई सम्पर्क गरी पार्टीमा संगठित र परिचालित गर्ने जिम्मेवारी दिएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा बसोबास, काम तथा विभिन्न व्यवसाय गर्नेहरुलाई पार्टीमा संगठित गर्न अर्को टास्क फोर्स गठन गरेको छ। त्यसको संयोजक केन्द्रीय कार्यकारिणी सदस्य तारा विश्वकर्मा तोकिएका छन् भने चन्देश्वर सदा र दीपक विश्वकर्मा सदस्य छन्। जसपाले फागुन १९,२० र २१ गते काठमाडौंमा केन्द्रीय समिति बैठक राख्ने निर्णय पनि गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते